गजल : By, मानन्धर अभागी I



रहस्य भित्र पक्कै रहस्य छ
रहस्य भित्र केही अवश्य छ

पारियो सखाप पूरै त्यो वंश
सम्पूर्ण नेपाली आज नैराश्य छ

स्वदेश चाल वा विदेशी चाल
कुन चाहिँ तत्व सदस्य छ ?

अपराध गर्नेले गर्‍यो वा गरायो
आजसम्म अपराधी अदृश्य छ

था हुने कोही मरे – कोही अझै मूर्ति
कुजात भनाउँदा अस्पृश्य छ ।

 मानन्धर अभागी 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com