गीत : By, कल्पना राई"खुशी" I



कोपिलाको माया फुल्दा,बास्ना उड्यो अन्त कतै,
आज त्यहि  सुवासको  ,चर्चा छ रे जता त्यतै ,

कस्तो भोक थियो उनको भने हुन्थ्यो मन खोलि
ज्यानै दिई पुरा गर्थें  त्यो ओठको सबै बोलि,
मुटु माझ छुरा हाने थापी दिन्थें हांसी खुशी
जति घृणा गरूँ भन्छु माया बढ्दै हुन्छ झुसी

आधा बाटो हात छुट्यो जिन्दगीको जंघारमा
बिर्सु भन्छु अल्झी रहें सम्झनाको संघारमा
पाए मात्र हुन्न माया  नपाएरै   उनि  मेरी
जिन्दगानी काटी दिन्छु यी तस्बिर हेरी-हेरी

कोपिलाको माया फुल्दा,बास्ना उड्यो अन्त कतै,
आज त्यहि  सुवासको  ,चर्चा छ रे जता त्यतै ,

कल्पना राई"खुशी"
दोलखा नेपाल
हाल-दक्षिण कोरिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com