एक्लो पारी तिमी मलाई, साथ छोडेर कहाँ गयौ ?
थाहै नपाई दोबाटो मा, हात छोडेर कहाँ गयौ ?
सिरानी यो भिजी रन्छ , पर्खाई मा तिम्रै सानु
छटपटीमा कहाँलीदो , रात छोडेर कहाँ गयौ ?
... सवाल उठ्छ मन भरी , गल्ती कहाँ भयो भनी ?
पलपल मुटु बिझाईदिने,बात छोडेर कहाँ गयौ ?
आँशु पनि सुक्न लाग्यो , रुँदा रुँदै नयन बाट
जीउँदै मार्ने पिडाका यी,खात छोडेर कहाँ गयौ ?
सराब लिएँ भुल्न तिमी , सबै प्रयास निरर्थक भो
सम्झनामा सताईर'ने , याद छोडेर कहाँ गयौ ?
अनिल बन
बाग्लुङ :दगा तुम्डाडा
हाल :अबु धबी