यादआउँछ मायालु तिम्रो प्रत्येकपल साँझमा
बसेकि छौ अटलबनि तिमी ह्रदयको माँझमा
तिमी हाँस्दा उदाउँछ घाम मेरोहर बिहानीको
तिमी रूँदा सल्कि रहन्छु भुप्रो जस्तै खरानीको
हेरी रहन पाएहुन्थ्यो प्रत्येक पल पल साथमा
बसेकि छौ अटल बनि तिमी ह्रदयको माँझमा
अधुरो हुन्छ तिमीबिना जीन्दगीका गोरेटोहरू
स्पर्श बिना बितिदिन्छ चिसोचिसो सिरेटोहरू
तिम्रौ नाम जप्दै बस्छु सुन प्रत्येक पल रातमा
बसेकि छौ अटलबनि तिमी ह्रदयको माँझमा
यादआउँछ मायालु तिम्रो प्रत्येक पल साँझमा
बसेकि छौ अटलबनि तिमी ह्रदयको माँझमा
सनम गोले
दामन मकावनपुर
हाल मलेशिया