गजल : By, कल्पना पौडेल "जिज्ञासु" I



महाकालीले कैयौको बास हरायो
खेत र बारी सहित गास हरायो

के था कठै तिन्लाई यो प्रलयको
मस्त निदाएको बेला सास हरायो

कोइ भए बरै घर बार बिहिन
आगनिमा भेल पस्दा लाश हरायो

राहत मिल्ने कतै नदेखिदा संकेत
बाचेका ति जनताको आस हरायो

बाढि पीडित पर्दा बिचल्लिमा नेताको
मानवता भन्ने  आभाष हरायो

कल्पना पौडेल "जिज्ञासु"
 गैडाकोट,४,नवलपरासी
 हाल:इजरायल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com