गजल : By, आरके थापा I



दन्कियको आगो सरी,बलेको छ जिन्दगी यो ॥
उडी जाने खरानी झैँ ,जलेको छ जिन्दगी यो ॥

नत आउँछ रसनै , नत खानै स्वादीलो छ ,
वेमौसमी फल झैँ , फलेको छ जिन्दगी यो ॥

हासो र रोदन भन्नु , मानिसको खेल रैछ ,
चारैतिर धाउदैमा गलेको छ जिन्दगी यो ॥

दोष छैन कसैलाई ,पिर मर्का परेपनी ,
आफै देखि भाग्यले नै , छलेको छ जिन्दगी यो ॥

आफ्नो मन आफैले हो , समालेर हिड्नु पर्ने ,
दुःख शुख यसरीनै , चलेको छ जिन्दगी यो ॥

दन्कियको आगो सरी,बलेको छ जिन्दगी यो ॥
उडी जाने खरानी झैँ ,जलेको छ जिन्दगी यो ॥

आरके थापा
बोच दोलखा
हाल साउदी अरब

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com