सबै सिमा ओगट्ने गरी तार लगाएर
बचाउ हाम्रो मातृभूमी बार लगाएर
देश बेच्ने सामन्तिलाई सबक सिकाउन
जागौ हामी तरवारमा धार लगाएर
अन्यायको बिरुद्धमा लड्दै अब यहाँ
छोड्नै पर्छ शोषकलाई पार लगाएर
निर्धा जनताको सरकार बन्यो भने त
जरै काटौ सामन्तको मार लगाएर
गरीबका नि दिन आए भने नेतालाई
झुन्डाउने छन खुर्सानीको खार लगाएर
कल्पना पौडेल "जिज्ञासु"
गैडाकोट,४,नवलपरासी
हाल:इजरायल