अमेरिकामा प्रतिभाको आगनकि कलाकार द्वारा नृत्य प्रस्तुति : With Video...

भर्जिनिया अमेरिका बैशाख २३,

अमेरिका ,भर्जिनिया ,मे ४ ,डिसी महानगर क्षेत्रको हर्नडन स्थित एक सामुदायिक भवनमा भर्जिनियाको नेपाली अमेरिकन समुदायको आयोजनामा नया बर्ष सांस्कृतिक साँझको आयोजना गरियो  उक्त कार्यक्रम नया बर्ष २०७० मनाउने तथा नेपालको प्रतिभा आगनमा बिजयी भविसा फुयालको प्रतिभालाई डिसी महानगर बासीले हेर्न सकुन भन्ने उदेश्य अनुरुप कार्यक्रम गरिएको थियो  

उक्त कार्यक्रमलाई अझ मसलादार बनाउन सकिने हेतुले हाल अमेरिकामा रहेका पप सम्राट ओम बिक्रम बिष्टले पनि केहि गीत प्रस्तुत गरेका थिए भने सरिता प्रधानले पनि पप सम्राटको सुन चाँदी भन्दा गीतमा साथ दिएकी थिइन्  विसा फुयाल अमेरिकामा आफ्नो हातको उपचार गराउन आएको मौकामा उनि भित्र निहित प्रतिभालाई उजागर गरिएको कार्यक्रममा म्यारिल्याण्ड ,भर्जिनिया तथा वाशिंगटन डिसीबाट दर्शक आएका थिए l ७ बर्ष अगाडी नेपालको पुर्व भाग लक्ष्मी मार्गमा एक दुर्घटनामा परि प्रतिभाशालि फुयालले आफ्नी आमा गुमाउनु परेको थियो भने आफुले पनि एक हात गुमाएकी थिइन्  

यस्तो अवस्थामा रहेता पनि उनि आफ्नो लक्ष्यमा अगि बढी रहेकी छिन भने उनि थुप्रै सम्मान तथा पदक प्राप्त गरेकी छिन्  लिटल च्याम्पमा पनि सहभागी भएकी फुयाल अन्तर बिद्यालय स्तरीय प्रतियोगितामा उत्कृस्ट भएको थिइन्  उनि पुर्व ईटहराकि हुन् र अमेरिकाका चिकित्सकहरुले २१ बर्ष पुगे पश्च्यात कृत्रिम हात लगाई दिने भएका छन्  उनको प्रस्तुतिले सबैको मन छुएको थियो भने उनले बनमा फुल्यो फुलै फुल ,चौबन्धि चोलो तथा सानी सानी नानी उमेरको गीतमा नृत्य प्रस्तुति गरेकी थिइन्  

पप सम्राट ओम बिक्रम बिष्टले दर्शकलाई तताउने प्रकारका को हो त्यो ,बाह्र बिसी बजारैमा तथा सुन चाँदी भन्दा महँगो यो ज्यान गीत प्रस्तु गर्दै सबैलाई तताएका र नचाएका थिए  कार्यक्रममा एक नव प्रतिभाशालि युवा उज्जवल खडकाले एकल नृत्य प्रस्तुति गरेका थिए भने नृत्य र गीत पश्च्यात सांस्कृतिक कार्यक्रमलाई मनोरंजन बनाउने उदेश्य अनुसार डिजे पनि गराईएको थियो  नेपाली अमेरिकन समुदायको सभापति तथा ब्यबसायी मदन थापाले नया बर्षको शुभ कामना दिदै संक्षेपमा फुयालको परिचय दिएका थिए भने पप सम्राटको संक्षिप्त परिचय सहित कार्यक्रम संचालन विजय थापाले गरेका थिए 

========= Video......

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com