चितवन जेष्ठ १६
शिशिर सिंखडा
पूर्वी चितवनको रत्ननगर–१३ जयमंगलामा रहेको गामवेसीको
चेपाङ संरक्षण केन्द्रलाई विहीवार खाद्यन्न सहयोग प्राप्त
भएको छ ।
संरक्षण केन्द्रलाई ठाईला सहयोग संरक्षण समाज ने
पालले २ क्वीन्टल चामल,२० किलो दाल, १ वोरा आलु,२०
किलो व्याज र २० लिटर तोरीको तेल सहयोग गरेको हो ।
के
न्द्रमा विहीवार आयोजित कार्यक्रममा समाजका अध्यक्ष विष्णु
प्रसाद श्रेष्ठले केन्द्रका अध्यक्ष केपिकिरण शर्मालाई सो
सामाग्री हस्तान्तरण गर्नुभएको हो । केन्द्रमा ४७ जना चेपाङ
वालवालिका आवासीय सविधा सहित अध्ययन गरिरहेका छन । साथै ले
खक तथा पत्रकार रविन्द्र मिश्रले संरक्षण केन्द्रको अवलोकन गर्दै
हेल्प नेपाल नेटवर्क मार्फत सहयोग गर्ने बताउनु भयो ।