कहिं नभाको रित भयो हाम्रो प्रेम कहानिमा
बर्तमान छ न भबिश्य हर साझ बिहानिमा
क्षणिकको रमझम हाम्रो लागि प्यारो भएछ
माया त मिलन अनि बिछोडको खेल रहेछ
भुल गरेछौ हामिले अन्धो बनेर जवानिमा
बर्तमान छ न भबिश्य हर साझ बिहानिमा
बाध्यताले आज हामि एक अर्का टाढा हुँदा
बिगतका अनेक मीठा यादहरू सम्झी रुदाँ
फुट्छकी आँशुको मूल अब यिनै सिरानिमा
बर्तमान छ न भबिश्य हर साझ बिहानिमा
कहिं नभाको रित भयो हाम्रो प्रेम कहानिमा
बर्तमान छ न भबिश्य हर साझ बिहानिमा
' नरेन्द्र घर्ती '
तारा / बाग्लुङग