गजल : By, मानन्धर अभागी



म मरेपनि बाँकी छ लास
आमालाई होला अझै आश

हिजो मेरै भरमा बाँचेकी
आमाको नहोला अब गाँस

विचरी मेरी अवला आमा
अब हुन्छ होला उठी बास

छाक टार्न चामल पाइन्थ्यो
को जान्छ होला दाउरा घाँस

के गर्दो होली – के खान्छे होली
हाम्रो कोही छैन आसपास

बाँच्दा नि मर्दा नि सुख भएन
उडेको आत्मालाई भो त्रास ।

 मानन्धर अभागी  

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com