गीत : By, सन्दीप ढकाल



सर्वस्व नै लुटी पर सर्यौ बैगुनी !!
भेट हुँदा नचिने झैं गर्यौ बैगुनी !!
.
जिबन भरि सहयात्रा गरौँ भनेर
पिरतीको सागर संगै तरौं भनेर
किनारमै मलाइ छोडी तर्यौ बैगुनी !!
सर्वस्व नै लुटी पर सर्यौ बैगुनी !!
.
तिम्रै यादमा जुनीजुनी रुँदै बाँचुला
फूल झरेको डालीसरि हुँदै बाँचुला
भन्ने छैन खुशीहरु हर्यौ बैगुनी !!
भेट हुँदा नचिने झैं गर्यौ बैगुनी !!
.
सर्वस्व नै लुटी पर सर्यौ बैगुनी !!
भेट हुँदा नचिने झैं गर्यौ बैगुनी !!

सन्दीप ढकाल 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com