हेर्दा ठूलो तर आज लुके झैँ भो मेरो देश
जस्ले जेजे गरेकाछन् फुके झैँ भो मेरो देश
जलस्रोतको धनिदेश भनि चिन्छ हाम्रो नेपाल
खै किन हो पत्कर जस्तै सुके झैँ भो मेरो देश
बिना आमा छोराछोरी हुन आउँदा यो मन दुख्छ
हरएको शान्ति खोज्दा भुके झैँ भो मेरो देश
सुन्दर्ता त्यो रुपले अझै अग्र नै छ संसारमा
तर किन ? सबै सामू झुके झैँ भो मेरो देश
मन्त्रि मण्डल धेरैहुदा यस्तो भो कि सोध्छ ‘पूर्ण’
नेता जी ले गर्दा हो कि ? चुके झैँ भो मेरो देश
पूर्ण 'कान्छा' गुरुङ
ओखलढुंगा