गज़ल : By, कोमल भट्ट



दियौ चोट धेरै दुखायौ तिमीले
सबै तथ्य छोपी लुकायौ तिमीले

कयौँ जाल बुन्दै उदायौ धरामा
छकाए र साह्रै घुमायौ तिमीले

थियो प्रेम चोखो मनैमा गढेको
घचेडेर भीरमा लड़ायौ तिमीले

मितेरी छिनाल्यौ बनाएर टुक्रा
छिटै आर्यघाटमा पठायौ तिमीले

न सम्झ्यौ कसैले बुझाएर भन्दा
निमठ्दै गला यो रुवायौ तिमीले

ल भैगो खुसीले सधैँ हाँस साथी
म भुल्नेछु पीडा हरायौ तिमीले

( भुजङ्गप्रयात छन्द )
गण :- य य य य
सूत्र:- ISS ISS ISS ISS

कोमल भट्ट
पुरानो नैकाप ,काठमाडौँ
हाल :- रोचेस्टर,न्युयोर्क

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com