मुक्तक : By, जिएम थुलुङ्ग



बिर्सु भन्छु निष्ठुरीलाई यो मन मान्दैन किन |
संसारमा मायाँ ठुलो भन्नेले समालेनौ किन |
जता-ततै ठक्करै-ठक्कर दिएर टाँढा हुनु थियो त.....
बेर्थै सपनाको महल बनाउनु पर्थियो किन |

एक्लै छदा बुनेको सपना पोखियो कि कसो |
अम्बर हुन्छ भन्थ्य मायाँ लुटियो कि कसो |
चोखो मायाँ लाउनेहरू गए जुन-तारालाई छुन..
फर्की आउदा चन्द्रमालाई भेटे छन् कि कसो |

भेटै हुन छोड्यो पुरानो घाउ बल्झ्यो कि कतै ।
हिड्दा हिड्दै चौतारीमा उ अल्झ्यो कि कतै ।
दुख शुख साटेर सँगै बाच्ने बाचा खाएथ्यौं
दिएर पीडा तिम्रो मन अन्तै तर्क्यों कि कतै ।

जिएम थुलुङ्ग
खोटांग महेस्वारी -४
(हाल इज़रायल)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com