सचिनले गरे सन्यासको घोषणा

काठमाडौ  जेठ १३ ,

भारतीय क्रिकेटका महान् हस्ति सचिन रमेश तेन्दुलकरले आइपिएल क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । मुम्बई इन्डियन्सबाट खेलिरहेका मास्टर ब्लास्टर सचिनले आइपिएलमा टोलीले पहिलो उपाधी जितेपछी सन्यासको घोषणा गरेका हुन् । 

उनले अब च्याम्पियन्स लिग खेल्ने या नखेल्ने भन्ने बारे भने केही खुलाएका छैनन् । उनले मुम्बईलाई फाइनल जिताउन खेल त खेल्न सकेनन् तर, उनले आफ्नो टोलीले उपाधी जितेको र आफूलाई यो नै सन्यासको घोषणा गर्ने उचित समय रहेको बताएका छन् । करिब १५ दिनअघि सनराइजर हैदराबादसँगको खेलमा घाइते भएपछी उनी मुम्बईका अन्य खेलमा बेन्चमा बस्न बाध्य भएका थिए । 

एक टेलिभिजनसँगको अन्तरवार्ताका क्रममा उनले भने, ' यो मेरो अन्तिम आएपिएल हो । यो संस्करण निकै राम्रो भयो ।' उनले थपे, 'मलाई लाग्छ यो समय नै मेरो सन्यास लिने उपयुक्त समय हो । म ४० को लागिसके र मैले यो स्विकार गर्नै पर्छ । मैले निर्णय गरिसके की यो नै मेरो अन्तिम आएपिएल संस्करण हुनेछ ।'

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com