अमेरिकी राजदूत पिटर बोडे ले ए एन ए सम्मेलनलाई सम्बोधन गर्ने

 भर्जिनिया अमेरिका जेठ ४,

विजय थापा : अमेरिका न्यु योर्क ,मे १७ , ३१ औं एएनए सम्मेलनका संचार संयोजक सुर्य थापाले एक प्रेस बिज्ञप्ति जारी गर्दै हाल ए एन ए का मुख्य संयोजक समीर महर्जन निश्चित उदेश्यको साथ बिभिन्न ब्यक्त्तित्वहरुलाई भेटघाट गर्न तथा निमंत्रणा दिन दुई हप्ते नेपाल भ्रमणमा रहेको जानकारी दिएका छन्  

उक्त बिज्ञप्तिमा जानकारी गराउदै सम्मेलनलाई ऐतिहासिक बनाउने अठोट तथा व्यापक सूचना प्रदान गर्ने उदेश्यको साथ मे १६ विहीबार काठमाडौँमा मुख्य संयोजक समीर महर्जनले एक पत्रकार सम्मेलनको आयोजना गरेका छन् । 

मुख्य संयोजक महर्जनले हामीलाई देशले के दियो भन्दा पनि हामीले देशलाई के दियौं भन्ने अहम् प्रश्नलाई केन्द्रविन्दुमा राखेर यसपटक अमेरिकामा रहेका नेपालीहरुले मुलुकको आर्थिक समृद्धिका लागि सोच्न लागेको बताएका छन्  उक्त पत्रकार भेटघाट कार्यक्रममा सांस्कृतिक, साहित्यिक, सांगीतिक गतिविधि, खेलकुद, खाना महोत्सवका अलावा सांस्कृतिक परेड, प्रतिभा प्रतियोगिता प्रदर्शन, व्यान्ड प्रतिस्पर्धा (संगीत मण्डली )र गोष्ठीहरुको आयोजना गर्न लागिएको जानकारी दिए  ३१ औ ए एन ए सम्मेलनमा नेपालबाट मन्त्रीस्तरीय प्रतिनिधित्व रहने बताउँदै महर्जनले नेपाल उद्योग वाणिज्य महासंघका सुरज बैद्य ,नेपाल उद्योग परिसंघ, नेपाल अमेरिका चेम्वर अफ कमर्स जस्ता संस्थाहरुको संस्थागत सहभागिता रहने पनि जानकारी दिए  

उक्त छापा बिज्ञप्तिमा संचार संयोजक थापाले उल्लेख गर्दै उद्योगपति सुरज बैध्य लगायत ८-१० जना ब्यबसायी सहित ब्यापारिक प्रबर्धन गर्न आउने निश्चित गरेको जानकारी गराईएको छ  यसै गरि उक्त छापा बिज्ञप्तिमा संचार संयोजक सुर्य थापाले बिसेष जानकारी गराउदै सम्मेलनमा नेपालका लागि अमेरिकी राजदूत पिटर बोडेको पनि विशेष सहभागिता रहने र सम्मेलनलाई सम्बोधन गर्ने निधो भएको उल्लेख गरेका छन्  नेपालको वर्तमान राजनैतिक अवस्था र विकास सम्बन्धिमा पनि अन्तरक्रिया कार्यक्रम समेतमा सहभागी हुन् सक्ने जानकारी दिइएको छ । 

उक्त सम्मेलनमा अमेरिकाका लागि नेपाली महामहिम राजदूत डा शंकर प्रसाद शर्माको पनि बिशेष सहभागिता हुने छ  उक्त पत्रकार सम्मेलनमा नेपालको भ्रमणमा रहनु भएका अवैतनिक नेपाली महावाणिज्यदूत प्ररेमराजा महतले एएनए अमेरिकामा रहेका नेपालीहरुको छाता संस्था रहेको बताउँदै यसले नेपाल र अमेरिकालाई जोड्ने भावनात्मक पुलको काम गर्दै आएको विचार व्यक्त गरेको जनाईएको छ  एएनए नेपाल ग्रामिण विकासका प्रमुख डा. सुदीप श्रेष्ठले एएनएको ऐतिहासिक पृष्ठभूमीको चर्चा गर्दै सन् १९८३ मा न्यूयोर्कमा स्थापना भएको अमेरिकाकै एक पुरानो संस्था भएको जानकारी दिनु भएको चर्चा गरिएको छ lनेपालमा एएनए नेपाल नामक संस्था दर्ता गरी एकलाख डलरको योजना सुरु गरेको जानकारी गराएको पनि उल्लेख गरिएको छ । 

र उक्त कार्यक्रममा ए एन ए नेपाल ग्रामिण विकासका शुभ चिन्तक तथा मेरो देश मेरो लगानीका संस्थापक तथा समाज सेवी महाबिर पुनको पनि उपस्थिति रहेको थियो  यस क्रममा महर्जनले अर्थमन्त्री शंकर कोइराला, नेपालका लागि अमेरिकी राजदूत पिटर बोडे, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघको नेतृत्वसँग भेट गरी सहभागिताका लागि औपचारिक निम्तो दिनु भएको र शुभकामना सन्देशका लागि राष्टपति, सरकार प्रमुख र मूख्य राजनीतिक दलका शिर्षस्थ नेताहरुसँग पनि भेटघाट क्रमलाई अगाडि बढाइदै गरेको उल्लेख गरिएको छ  

एएनएको ३० औं डालास सम्मेलन २०१२ मा पहिलो पटक अमेरिकी राष्टपति वराक ओवामाले सम्मेलनको सफलताको कामना गर्दै लिखित शुभकामना सन्देश दिनु भएको थियो । यो नेपालीप्रतिको ठूलो सम्मान र उपलव्धी हो । यसै गरि साहित्य अनुरागीहरुको लागि ए एन ए साहित्य प्रतिस्ठानको पहलमा अन्तरराष्ट्रिय नेपाली कविता प्रतियोगिता वरिस्ठ अधिवक्ता तथा महोत्सव संयोजक बिनोद रोकाको नेतृत्वमा कविता महोत्सवको भब्य तैयारी गरिएको जानकारी दिइएको छ  

अन्तरराष्ट्रिय नेपाली कविता प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने स्रष्टालाई प्रथम पुरस्कार एक हजार यु एस डलर र प्रमाण पत्र ,दोश्रो पुरस्कार ,तीन सय यु एस डलर र प्रमाण पत्र र तेश्रो पुरस्कार दुई सय यु एस डलर र प्रमाण पत्र दिइने जानकारी गराईएको छ 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com