वैशाख २४
सरकारी गैरसरकारी संस्थाका तथ्यांकले देशभर ५० हजार भन्दा बढी यौनकर्मी महिला भएको देखाएको छ । तर, कहाँ भेटिएलान् ? सरकार मातहतको राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रले हालै गरेको सर्वेक्षणले ती यौनकर्मीहरू परिचय र पहिचान बदलेर यौन व्यवसाय गरिरहेको देखाएको छ ।
यौनकर्मी भन्ने थाहा पाएपछि समाजले गर्ने फरक ब्यवहार र प्रहरीले दिने अनावश्यक झन्झटका कारण यसरी परिचय बदलेर यौन व्यवसाय चलाउँने सिता (नाम परिवर्तन)को भनाई छ । अधिकांश यौनकर्मीहरू कुनै हिसाबले नजिकिन्छन्, यौन साथी बन्छन् र विभिन्न वहानामा पैसा लिन्छन् । प्रहरी र समाजबाट बच्ने उनीहरूको यो नालौ आइडिया पनि हो ।
प्रहरीले सक्रियता देखाउँने नाममा यौनकर्मीका अखडामा छापा मार्ने र आर्थिक तथा शारीरिक शोषण गर्ने भएपछि उनीहरुले आफूलाई नाम चलेका अफिसका कर्मचारी वा कुनै कलेजको विद्यार्थी भनेर साथी बन्छन् ।
‘यौन पेशा गरेको आधारमा मात्रै होइन, कण्डम बोकेको भरमा समेत प्रहरीले समात्ने गर्छ ।’ सिता भन्छिन् ।
यौनकर्मीका क्षेत्रमा काम गर्ने संस्था जागृतिकी एक सदस्यका अनुसार यौनकर्मी महिलाले पहिचान खुलाएमा धेरै दुःख पाउने मात्र होइन असुरक्षित यौनसम्पर्कका लागि पनि वाध्य हुन्छन् । ‘प्रहरीले लग्यो भने यौनसम्पर्क पनि राख्छ र पैसा पनि लिन्छ ।’ ती यौनकर्मि महिलाले भनिन् ।
यो प्रवृत्तिलाई गहिरिएर हेर्ने हो भने नेपालमा एचआईभी संक्रमणको मूल कारक तत्व पनि यौन ब्यापार वा पैसा तिरेर गरिने यौनसम्पर्कनै रहेको देखिन्छ । नेपालीहरूमा औसत एसियाली मुलुकमा भन्दा पनि बढि यौनसम्पर्कबाट एचआईभी सर्ने खतरा रहेको अनुसन्धानबाट पाइएको छ । खासगरी यौन किन्ने पुरुषहरु नै एसियामा एड्स संक्रमणमा मुख्य कारक तत्वका रुपमा पाइएका छन् ।
अर्को एक सर्बेक्षणअनुसार एसियामा हाल करिब १ करोड महिलाले यौन बेच्छन् । ७ करोड ५० लाख पुरूषले नियमित यौन किन्छन् । यसअनुसार एक जना महिलाले सात जनाभन्दा बढी पुरुषलाई यौन बेच्ने गरेको देखिन्छ । अहिलेसम्म भएका विभिन्न सर्बेक्षणअनुसार नेपालमा करिब ६ लाख पुरुषहरु नियमित रुपमा यौन किन्छन् । तर यहाँ नियमित यौन बेच्ने महिलाहरुको संख्या करिब ५० हजार मात्र रहेको अनुमान छ ।
‘अधिकांश यौनकर्मीलाई विना कण्डम यौनसम्पर्क राख्न हुदैन भन्ने कुरा राम्ररी थाहा छ ’ तर पहिचान खुलाउँन र म यौनकर्मी हुँ भन्न सक्दैनन्’ सिता भन्छिन् कण्डम बोकेर हिड्न नपाइने भएपछि भनेको समयमा उपलब्धता नहुने हुदा असुक्षित यौनसम्पर्क गर्नुपरेको यौनकर्मीहरूले बताउँने गरेका छन् ।
यौनकर्मी महिलाका अनुसार कण्डम लगाउँन नमान्नेमा अधवैशे अधिक रहेका छन् ।
जनस्वास्थ्यको सिद्धान्त अनुसार यौनरोग नियन्त्रणको लागि यौन व्यावसाय व्यवस्थित गर्नुको विकल्प नभएको एड्स तथा यौन रोग नियन्त्रण बोर्डका उपाध्यक्ष डा. मिश्रको भनाई छ हुदैन । द्धन्द्ध, सहरी बेरोजगारी, लहडजस्ता कारणले यौन व्यावसाय बढीरहेको छ ।
यौनकर्मीहरुले फरक फरक पुरूषसँग जाँदा पहिचान फरक बनाउने गर्छन् । इमेल, इन्टरनेट, सहरी व्यापारिक केन्द्र, मलको अवधारणाले उनीहरू ग्राहक खोज्न सजिलो भएको छ । यसरी छद्म परिचय बोकेका महिलाले प्रेमको नाटक गरेरै भएपनि व्यापार गरिरहेका हुन्छन् । यस्ता महिलाले एक हप्तामा ४० जनासँगसम्म यौन सम्पर्क राख्ने गरेको पाइन्छ ।
उनीहरूको जीवनशैली समेत हाइफाई हुने गरेको अध्ययनले देखाएको छ ।
एक जना यौनकर्मी महिलाले जति धेरै पुरुषहरुसँग यौनसम्पर्क गर्छिन् । एचआईभी संक्रमणको गति पनि त्यति नै धेरै हुन्छ । यसरी हेर्ने हो भने यौनकर्मी महिलाकहाँ गएर असुरक्षित यौनसम्पर्क गर्न पुरुषमार्फत् जोखिम समूह मानिएका महिलामा तीव्र गतिमा एचआईभी संक्रमण भइरहेको छ । यसको नियन्त्रण भनेको पैसा तिरेर गरिने यौन सुरक्षित गराउनु वा कन्डमको प्रयोग गराउनु नै हो । यौन पर्याप्त मुलुकका रुपमा चिनिएको थाइर्यान्ड र कम्बोडियामा महामारीका रुपमा फैलिएको एचआईभी संक्रमण दरलाई ह्वात्तै घटाउन सक्नुमा शतप्रतिशत कन्डम प्रयोग नै हो । तर नेपालमा मुख्य समस्या पहिचान गरी नियन्त्रण कार्यक्रम सन्चालन नगरिएकाले एचआईभी नियन्त्रण कार्यक्रम सफल हुन नसकेको पाइएको छ ।
प्रवासी कामदार र तीनको परिवार पनि पछिल्ला दिनमा एचआईभी संक्रमणको जोखिम समूहमा पर्छन् । तीनमा पनि मुख्य समूह भनेको खासगरी भारतमा काम गर्नजानेहरु नै हुन् । सन् २०१० मा सुदूरपश्चिमको चार जिल्लामा गरिएको एक सर्वेक्षणले आप्रबासी कामदारहरुको श्रीमतीहरुमा एचआईंभी संक्रमण ० दशमलव ८ प्रतिशत र बिधवामा २२ दशमलव ५ प्रतिशत देखाएको छ ।
वैदेशिक रोजगारमा जाने कामदारका श्रीमतीहरुले वैवाहिक सम्वन्ध भन्दा बाहिर यौन सम्बन्ध कम राख्ने गरेको पाइएको छ ।
सर्बेक्षणमा १ दशमलव ३ प्रतिशत वैदेशिक रोजगारमा गएका कामदारहरुका श्रीमतीहरु विवाहभन्दा बाहिर यौन सम्बन्ध रहेको र ० दशमलव ३ प्रतिशतले पैसा लिएर यौन सम्बन्ध राखेको पाइन्छ ।
यौन व्यवसायलाई कानूनी मान्यता नपाउदासम्म एचआईभीको संक्रमण नघट्ने यौनकर्मिहरुको दावी छ । एचआईभी र एड्सको क्षेत्रमा कार्यरत संस्थाहरुको आंकडाअनुसार काठमाडौंमा करिव एक हजारभन्दा बढी महिला यौनकर्मी भारतका बिभिन्न सहरमा यौनपेसामा संलग्न भएर फर्केका हुन् । उनीहरु मध्ये अधिकांश एचआईभी संक्रमित छन् ।खबर ||