हार्दिक निमन्त्रणा __ बुद्ध जयन्ति भव्य मनाइदै इज़रायाल्मा

तेलअभिव  जेठ १०,

भोलि २५ मे २०१३ शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५५७ औं जयन्ति भव्य मनाइदै इज़रायाल्मा......
शान्तिको अग्रदुत,अहिंशाको प्रतिक भगवान बुद्धको २५५७ औ बुद्धजयन्ती समारोह , सगरमाथा हिरक जयन्ती, नेपालको पर्यटन प्रवर्द्धन विकास सम्बन्धि कार्यक्रम एकैसाथ मनाउन "नेपाली राजदुताबास, इजरायल'को मुख्य आयोजक र इजरायलमा रहेका विभिन्न ११ वटा संघ/संस्थाहरुको सह-आयोजकमा हुनगईरहेको कार्यक्रममा विभिन्न देशका कुटनीतिज्ञहरु , इजरायलका पर्यटक व्यवसायीहरु र अन्य विशिस्ट पाहुनाहरुलाई समेत निमन्त्रणा गरिएको र उपस्थित रहने जानकारी अवगत गराउन चाहन्छौ 

इजरायलमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई नेपालको राष्ट्रिय पहिचान झल्कने आ-आफ्नो भेषभुषा'को पहिरनमा निम्न मिती,स्थान र समयमा उपस्थित हुनुभई "भगवान बुद्ध"को प्रशाद ग्रहण गर्नु हुनाको साथै कार्यक्रमलाई 'शोभा' बढाई दिनु हुना "२५५७ औ बुद्धजयन्ती मूल आयोजक समिति, इजरायल" सबैलाई हार्दिक अनुरोध गर्दछौ  मिती : 25th मे 2013 (शनिवार) समय: बिहान ९ : ०० बजे स्थान: १३५ हाहगना , बेतावारवर , तेलअविव (नोट: बिहान ८ : ३० बाट लेवेन्सन्की चिल्ड्रेन पार्कदेखि कार्यक्रम स्थलसम्म निशुल्क यातयातको सुविधा रहेको छ) 

======= PROMO ____

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com