पोखरा वैशाख २७ ,
केही समय यता पोखरामा यौन व्यवसाय निकै फष्टाएको छ। स-साना रेष्टुरेन्ट देखी गेष्ट हाउस र ठुला होटेलका समेत कमाउको मुख्य बाटो नै यौन व्यवसाय बनेको बताइन्छ।
प्राय सवै जसो गेष्ट हाउस र डान्सबारहरु यौन धन्दामा आधरित छन्।
बेला बेलामा प्रहरीले त्यस्ता गेष्ट हाउस तथा रेष्टुरेन्टमा छापा पार्ने गरेको भएपनि त्यो प्राय प्रहरीसंग लेनदेन नमिलेर हुने गरेको सरोकारवाला बताउँछन्।
यौन व्यवसायका मुख्य ग्राहक नेपाली युवा वर्ग र विदेशी हुन । विद्यार्थीहरु पनि खूब भेटिन्छन यस्त ठाउँमा।
यौनकै लागि पोखरामा रात बिताउन र 'रमाउलो' गर्न काठमाडौ देखी देशको त्यसको अन्य भागबाट समेत मानिसहरु आउने गरेका छन् ।
धेरै गेष्ट हाउस र रेष्टुरेन्टमा मा त प्रहरीसंगको मिलोमतो यौन धन्दा हुने गरेको पाइएको छ।
गएको बुधवार मात्रै पोखराको सिमलचौरमा रहेको सिटी हर्ट रेष्टुरेन्टबाट अश्लिल क्रियाकलाप गर्नेलाई रंगेहात पक्राउ गरेको थियो। उक्त रेष्टुरेन्टमा केही समय यता खुलेआम यौन गतिबिधी हुने गरेको थियो।
यसै गरी माछापुच्छ्रे गेस्टहाउसमा एक काम गर्ने एक महिलाले उनि उक्त गेस्टहाउमा यौन गतिबिधी हुने गरेको र आफूलाई केही समय यता जबरजस्ती यौन व्यवसाय गर्न वाध्य पारिएको भन्दै प्रहरीका उजुरी दिएपछि पोखराका गेस्टहाउसको वास्तिवक अवस्था उजगार भएको थियो ।
यस्ता दर्जनौ गेष्टहाउस र डान्सबार सहितका रेष्टुरेन्टले यौन व्यवसाय चलाउने गरेका छन्, स्थानियहरु बताउँछन्।