दुबई, बैशाख २४,
विनोद श्रेष्ठ "क्रान्ति" : जनप्रगतिशिल मञ्च यु.ए.ई ले गत आईतवार वसन्त राज उपाध्याय को नेतृत्वमा २१ सदस्यिय अल कुज इकाई कमिटी गठन गरेको छ।
आफ्नो संगठनलाई थप सशक्त एवं मजबुत पार्दै प्रवासी नेपाली सामु पहुंच वृद्दि गर्ने निति अनुरूप जनप्रगतिशिल मञ्च यु.ए.ई का जुझारु युवाहरू क्रमश: लक्ष्मण लामिछाने र वसन्त राज उपाध्याय को विशेष सकृयता र योगदान साथै प्रगतिशिल विचार ले ओतप्रोत अल कुज एरियाको युवा हरुको बिशेष उपस्थिति तथा जनप्रगतिशिल मञ्च यु.ए.ई का केन्द्रिय महासचिब वाबुराम बि.क को प्रमुख आतिथ्य तथा बिशेष केन्द्रिय सल्लाहकार लक्ष्मण लामिछानेको प्रस्तुति रहेको उक्त कार्यक्रममा अल कुज एरियाका बाक्लो युवाहरूको उपस्थितिमा मञ्चले निम्न अनुशारको कार्य समिति चयन गरेको हो।
जसमा अध्यक्ष वसन्त राज उपाध्याय,उपाध्यक्ष क्रमश: पन्च तामाङ्, कमल बस्नेत,मोति लिम्बु साथै प्रबक्ता होम बहादुर बुढामगर रहेका छन्। यसै गरी सचिब मान बहादुर परियार(सागर),सह-सचिब केशब लामिछाने,कोषाध्यक्ष लक्ष्मी ढकाल,सह-कोषाध्यक्ष दिपक सुनार रहेका छन्। सदस्यहरूमा क्रमश: हेमन मुखिया,याङमान लिम्बु,गणेश तामाङ्,बुद्दिमान खड्का,शिब दनुवार,अोम भारती, दिनेश पैाडेल,संजिब लामा,प्रेम भट्ट,प्रमोद शाह,चन्द्र बहादुर थापा र यम प्रसाद अोझा रहेका छन्।भने सल्लाहकार क्रमश:टिकाराम मगर र जनक खनाल रहेका छन्।
सर्ब्र सम्मतले ताली बजाएर पारित गरिएको नव गठित कमिटिलाई बधाई तथा कार्य सफलताको शुभकामना दिंदै कार्यक्रमका प्रमुख अथिति तथा केन्द्रिय महासचिब वाबुराम बि.क ले विश्व राजनितिक परिस्थिती,त्यसमा नेपाली राजनिति,जनप्रगतिशिल मन्च यु.ए.ई ले स्थापना काल देखि आज सम्म गरेको प्रमुख जनहीत को काम कारवाही,त्यस पवित्र संस्थाको उदेश्य,नयाँ इकाई समितिको जिम्मेवारी,भूमिका र कर्तव्य को बारेमा विस्तृत चर्चा गर्दै भेलामा उठेको प्रश्न हरुको जवाफ दिएका थिए। कार्यक्रमको समापन गर्दै प्रमुख अथिति बि.क ले विदेशमा नेपाली एकता र संगठित हुनुपर्ने कारणहरु र यसको महत्व प्रकाश पार्दे एक जुट हुन आग्रह समेत गरेका थिए।