जेठ ९,
एक महिलालाई युएईको प्रहरीले हल्ला गरेर छिमेकीलाई सुत्न नदिएको आरोपमा १ सय दिराम जरिवाना गरेको छ । आफ्नो कोठामा सबैभन्दा ठूलो स्वरमा टिभी खोलेर छिमेकीलाई समेत दु:ख दिएपछी छिमेकीले गरेको उजुरीको आधारमा अदालतले उक्त सजाय सुनाएको हो ।
४१ वर्षीय एमएले छिमेकीले टिभी खोलेर आफूले सुत्न नपाएको भन्दै प्रहरीसामू उजुरी गरेकी छिन् । युएईको शेख जायद रोडमा रहेको एक २७ तले भवनमा गत मार्च १ मा भएको उक्त घटनाको सुनुवाई बुधबार मात्र भएको थियो । त्यसरी हल्ला गर्ने मात्र २७ वर्षकी अल्गेरियन युवती हुन् । एमएले आफूले बारम्बार ती युवतीलाई सचेत गराएको तर पनि उनले नटेरेपछी आफू बाध्य भएर प्रहरी समक्ष पुग्नु परेको बताएका छन् ।
ती युवतीले आफ्नो कोठामा टिभी ठूलो स्वरमा खोल्ने र आफू भने बाहिर निस्कने गरेको एमएले बताएका छन् । अनुसन्धानका क्रममा पनि प्रहरीले यस्तै भेटेपछी ती युवतीलाई अदालत समक्ष प्रस्तुत गरिएको थियो र अदालतले उनलाई दोषी ठहर गर्दै १ सय दिराम बराबरको जरिवाना सुनाएको थियो । एजेन्सी: