पुष्प श्रेष्ठ : तपाईँ इजरायलमा यदि हुनुहुन्भछ भने पक्कै तपार्इले फेरी तेाक्मे बुढा उर्फ विलसन बिक्रम रार्इ लार्इ अझ नजिकबाट नियाल्ने मैाका मिल्ने भएकेा छ ।
किराँत युक्थुङ् चुम्लुङ् नेपाल-इजरायलको आयोजनामा यहि जुन १४ तारिख शुक्रबारका दिन तेलअविवको हहागाना-१३५, बेईतबारबर हल मा पुन तेाक्मे बुढा लार्इ तपार्इले नजिक बाट नियाल्न सक्नु हुने छ ।
पहिलेा केही महिना अगाडी तपार्इ हाम्रेा अगाडी उफ्रिएर नाचेर बिभिन्न बिषयमा हास्य बँग्य गरेर पेट मिचिमिची हास्न बाध्य बनाएका तेाक्मे बुढा अब हामीलार्इ पर्दा मार्फत मनेारन्जन दिन आउदै छन।
हाम्रैा मनेारन्जका लागी उनि दोश्रो पटक इजरायल आउँन लागेका हुन । आगामी जुन १४ शुक्रबारको दिन तक्मे बुढासँगै बसेर सुपरहिट नेपाली चलचित्र ‘रिदम’ समेत तपाईँले हेर्न पाउनुहुनेछ।
तेलअविवको हहागाना-१३५, बेईतबारबर हलमा हुने बृहत कार्यक्रममा सो चलचित्रमा समेत दमदार अभिनय गरेका विल्सन चलचित्र अवधिभर साथै विविध प्रस्तुतीका साथ तपाईँ माझ रहनेछन्।
चलचित्र रिदमले नेपालमा ५१ दिने प्रदर्शन पनि पुरा गरिसकेको छ।
पछिल्लो समयको हिट चलचित्र रिदमलाई विकास आचार्यले निर्देशन गरेका छन् भने विल्सनको साथमा जिवन लुईँटेल र श्वेता भट्टराईको पनि दमदार प्रस्तुती रहेको छ।
सो कार्यक्रममा प्रवेशको लागि १०० सेकलको टिकट व्यबस्था आयेाजकले गरेकेा छ ।
उक्त दिन इजरायलमा रहने सम्पूर्ण नेपाली संघ-संस्थालाई कुनै भ्रमण तथा अन्य कार्यक्रमहरु नराखिदिन आयोजकले अनुरोध गरेको छ साथै आयोजकले सबैले मिलेर उक्त कार्यक्रमलाई सफल बनाउन अपिल गरेको छ।