उपचार गर्न गएका नेपाली कोरियाको अस्पतालबाटै पक्राउ

सोल बैशाख २१,

मीन प्रकाश उप्रेती : बिरामी भएर उपचारका लागि अस्पताल पुगेका एक नेपाली दक्षिण कोरियास्थित अस्पतालबाटै पक्राउ परेका छन् । ज्वरो र पखलाले सताएर उपचार गराउन कोरियाको थेगु अस्पताल पुगेका पोखराका सुरज सुनुवारलाई अस्पतालले पक्रउ गरी मंग्लबार अध्यागमनलाई जिम्मा लगाएको हो । 

पाँच महिनादेखि अवैधानिक रूपमा कोरियामा रहँदै आएका सुनुवारलाई अस्पतालले उपचारका क्रममा परिचयपत्र माग गर्दा नभेटिएपछि प्रहरीलाई बोलाई जिम्मा लगाएको कोरियाका ब्यवसायी बुद्धि गुरुङ्गले बताउनु भएको छ । मंगलवारमात्रै उनले आफु उपचारका क्रममा पक्राउ परेको फोनबाट मामा हिरा सुनवारलाई जानकारी गराएका थिए । 

कोरियन अध्यागमन विभागले छापा मार्दा मात्र अवैधानिक विदेशी मजदुरहरूलाई पक्राउ गर्ने गरिए पनि उपचारका क्रममा हस्पिटलले नै पक्रउ गरी अध्यागमनलाई जिम्मा लगाउनुलाइ अनौठो मानिएको छ । कोरियामा अवैधानिक नेपालीहरूको सङ्ख्या अन्य देशको तुलनामा कम रहेको छ । सबै भन्दा बढी अवैधानिक चाईनिज, भियतनाम, ईन्डोनेशिया र मंगोलियाका रहेका छन । 

अवैधानिक नेपालीहरू चार प्रतिशत रहेको कोरियास्थित थेजन अध्यागमन विभागको एक सर्वेक्षणले देखाएको छ । पछिल्लो दिनमा इपीएसबाट आएका नेपालीहरु पनि अबैधानिक बन्ने क्रम बढिरहेको छ । सामान्यतया नेपालबाटै कामदार लैजाने कम्पनीले अनुमति दिएको खण्डमा तीनवटासम्म कम्पनी परिवर्तन गर्न पाउने ब्यबस्था भएपनि कम्पनीले अनुमति नदिंदा पहिलोपटक कम्पनी छाड्दा नै अबैधानिक हुने गरेका छन ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com