स्वास्थ्यका लागि लाभदायक गोलभेडा

 बैशाख २९,

टमाटरलाई तरकारी र फल दुबै रूपमा लिन सकिन्छ । यो काँचै वा पकाएर जसरी पनि खान सकिन्छ । यसलाई सलादको रुपमा पनि खाने गरिन्छ ।

टमाटरमा रहेको लाइकोपेन नामक तत्व स्वास्थ्यकालागि अति लाभदायक हुन्छ । यसले शरीरमा हुने बुढौलीपनका लक्षण कम गर्न मद्दत गर्छ । यसमा भिटामिन ए र पोटासियम तत्व पाइन्छ । यसमा कार्बोहाइड्रेटको मात्रा कम हुने भएकोले तौल घटाउन टमाटरको सेवन उत्तम हुन्छ । बिरामी र कमजोर व्यक्तिलाई यसको सुप बनाएर खुवाउँदा लाभदायक हुन्छ ।

टमाटरको रस छालाकालागि पनि राम्रो मानिन्छ । यसले छालालाई सफा र नरम बनाउन मद्दत गर्छ । बिभिन्न अध्ययनले टमाटरमा क्यान्सर प्रतिरोधात्मक तत्व रहेको पुष्टिसमेत गरेका छन् । अध्ययनकै अनुसार टमाटरले मानव शरीरको डिएन्ए नष्ट हुनबाट बचाउँछ र मुटुरोगको संभावना पनि कम गराउँछ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com