डडेल्धुरा जेठ ४,
१३ बर्षिय बालिकालाई अपहरण गरि लगातार ३ दिन देखि बलात्कार गर्ने एक युवकलाई डडेलधुरा प्रहरीले पक्राउ गरेको छ । डडेल्धुराको आलीताल गाविसको वडानं ४ का भगिरथ बोहरालाई बालिकासँगै आफ्नै नातेदारको घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
३ दिन पहिला ललाई फकाई बालिकालाई लगेर बलात्कार गरिरहेको प्रहरीले जानकारी पाएपछि प्रहरीले बोहरालाई पक्राउ गरेको हो । प्रहरीले बालिकालाई अचेत अवस्थामा फेला पारेको थियो । बालिकाको अहिले जिल्ला अस्पताल डडेलधुरामा उपचार भैरहेको प्रहरीले जनाएको छ । उनको अवस्था चिनतन्तजनक रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
बैशाख ३० गते घरबाट फकाएर लगी आफ्नो भाउजु नातापर्ने आलीताल ४ चौडकै एक घरमा राखेर ३ दिनसम्म बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ । घटना बारे थप अनुसन्धान जारी रहेको नायव उपरिक्षक प्रसाईले बताए ।