इजरायलका नेपालीहरुको सहयोगमा दुई भिन्दा भिन्दै संस्थालाई रकम हस्तान्तरण - With Video

काठमाडौ, वैशाख १७,

उद्धब तामाङ : इजरायलमा रहनु भएका सहकर्मी नवराज आचार्यको पहलमा नेपाल देखि पुस्तकलाइ विभिन्न माध्याम बाट मगाएर इजरायलमा रहेका नेपालीहरु माज आफ्नो बेस्त समयलाई पनि प्रबाह नगरी पुस्तक विक्री गरेर थोरै - थोरै रकम जुटाउन सफल भएका हुन् । जुन रकमलाइ बिधि पुर्बक हिजो मिति वैशाख १६ गतेका दिन दुई भिन्दा भिन्दै संस्थालाई दुई लाख पचास हजार भन्दा बढिको सहयोग रकम हस्तान्तरण गरेका छन् । 

आचार्यले अश्विनी कोइरालाले लेख्नु भएको पुस्तक 'उनी' विक्री गरेर त्यसबाट प्राप्त भएको १ लाख ४० हजार १ सय १ रुपैंया काठमाडौं बसुन्धरामा अवस्थित पवित्र समाज सेवा नेपाललाई उक्त रकम पठाएका हुन् । यसैगरी रवीन्द्र मिश्रको अगुवाईमा सुरु भएको हेल्प नेपाल नेटवर्कका लागि आचार्यकै पहलमा इजरायलका नैपालीहरुले थप १ लाख १५ हजार ८ सय ११ रुपैंया सहयोग पठाएका छन् । यी दुवै संस्थालाई नवराज आचार्यका प्रतिनिधित्तो गर्दै भतिजा उत्तम आचार्यले इजरायलबाट प्राप्त रकम ती दुई संस्थालाई औपचारिक रुपमा उपलब्ध गराई दिनु भएको थियो, भने यम्बुरी बुक प्वाइन्टले आयोजना गरेको एक औपचारिक कार्यक्रममा उक्त रकम दुवै सस्थालाई हस्तान्तरण गरिएको थियो । 

यसै गरि चर्चित कलाकार हरिवंश आचार्यको प्रमुख अथिति एवं रवीन्द्र मिश्र अथिति रहेको उक्त कार्यक्रममा आफूहरु 'उनी' पुस्तकसँग जोडिन पाएकोमा गौरवान्भित भएको बताएका थिए । "उनी" पुस्तकमा हरिवंशकी श्रीमती स्व. मिरा आचार्य एवं रवीन्द्र मिश्रकी आमा रमिला मिश्रको कथा पनि समावेश छ । अन्तर्वार्तामा आधारित उक्त पुस्तक नेपालमा मात्र होइन, इजरायलमा पनि उत्तिकै लोकप्रिय रहेको रकम संकलकमा संलग्न आचार्यले बताएका थिए । 

उक्त कार्यक्रममा चर्चित कलाकार हरिवंश आचार्य, रवीन्द्र मिश्र र पवित्र समाज सेवा नेपालकी अध्यक्ष दिक्षा चापागाईंले आ-आफ्नो मतब्य ब्यक्त गर्नु भएको थियो । यसै गरि आफ्नो मन्तव्यमा ब्यक्त गर्दै रवीन्द्र मिश्र, हरिवंश आचार्य एवं दिक्षा चापागाईंले इजरायलका नेपालीहरुले उपलब्ध गराएको सहयोग उचित काममा सदुपयोग हुने भन्दा पनि ति सहयोगी मनप्रति, हातहरु प्रति अन्तर हृदय देखि आभार व्यक्त गरेका थिए । उक्त कार्यक्रमलाइ इमेज एम एममा कार्यरत मिठो स्वरकी धनि इच्छा राइले संचालन गर्नु भएको थियो भने दिक्षा चापागाईंकि बुबा सहित उक्त पबित्र समाज भबन निर्माणका इन्जिनिएर अनि पत्रकार, लगाएत अन्य मान्यजनहरु पनि उपस्थित रहेका थिए ।
______ Video........

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com