काठमान्डू चैत्र २४,
हामी को हौ ?
हामी एक बिशुध्द सामाजिक कार्य
गर्न नेपाल सरकार, काठमाडौ जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको तथा समाज
कल्याण परिषदबाट आवध्द्ता प्राप्त सस्था हौ । हामी अभियान हौ, हामी
“अभियान शिक्षा नेपाल” हौ ।
हामि के गर्दछौ ?
सरल भाषामा
भन्नु पर्दा हामि केहि ठुलो काम गर्दैनौ। हामि नेपाललाई कार्यक्षेत्र बनाई
पढ्न नपायेका, आर्थिक-सामाजिक कारणहरुले गर्दा पढाई बिचैमा छोढेर बसेका वा
भोलिको दिनमा एक छाक खानाको जोहो गर्न छोड्नु पर्ने हुन सक्ने तथा गरिब
बिपन्न परिवारका बाल-बालिकाहरुलाई औपचारिक शिक्षा उप्लब्ध गरौदछौ।
कसरी ?
तेस्ता बाल-बालिकाहरुको पहिचान गरी उनिहरुलाई बिधालय भर्ना गरी, उनिहरुको
सम्पूर्ण शैक्षिक खर्च (भर्ना शुल्क, मासिक शुल्क तथा अन्य्) तथा सम्पूर्ण
शैक्षिक सामाग्री खर्च (पोशाक, पुस्तक, कपि-कलम तथा अन्य्) को जिम्मेवारी
ग्रहण गर्दछौ ।
हामी स्रोत कसरी जुटाउछौ ?
हामी नेपालीले नै
नेपालको समस्यासँग लड्नु पर्छ भन्ने मान्याता राख्दछौ । तेसैले हामी
देश-बिदेशमा रहनु हुने नेपाली दाजु-भाइ, दिदि-बहिनिहरुसँग सहयोगको आग्रह
गर्दछौ ।
हाम्रो कामबाट सन्तुष्ट तथा देशको समस्याबाट चिन्तित
नेपालिहरुबाट प्राप्त सहयोगनै हाम्रो मुख्य आर्थिक स्रोत हो। तेस्तै सदस्य
शुल्क तथा केहि निस्चित रकम बार्षिक रुपमा सहयोग गर्ने प्रतिबध्द
नेपालिहरुको सहयोग (जसलाई हामि बार्षिक दाता भन्दछौ) पनि हाम्रो अर्को
मुख्य स्रोत हो।
अहिले हामी के गर्दैछौ ?
हामी अहिले ४ जना
बाल-बालिकहरुलाई बिधालय भर्ना गराएर शिक्षित बनाउदैछौ । तेस्तै हामी
सरस्वती बिधालय कोटेश्वोरमा पुस्तकालय स्थापना तथा स्तर उन्नती गर्दैछौ ।
हाम्रो कार्यालय कहाँ छ ?
अन्यथा सोच्नु हुन्न भने हाम्रो कुनै पनि, कही पनि अधिकारिक कार्यालय छैन ।
स्पस्ट रुपले हाम्रो अहिले कार्यालय सन्चालन खर्च गर्ने हैसियत छैन ।
हाम्रो प्रशासनिक खर्च कति छ ?
गत आ.व. हाम्रो प्रशासनिक खर्च ८ प्रतिशत र चालु आ.व. मा १० प्रतिशत भन्दा
कम रहेको छ । यि पनि सस्था दर्ता, नविकरण्, दर्ता-नविकरण सिफारिश तथा केही
मसलन्द खरिद रहेका छन ।
हामी प्राप्त सहयोगलाई के गर्दछौ ?
जुन उद्देश्यको लागि प्राप्त सहयोग हो हामी सत प्रतिशत नै तेही उद्देश्यको लागि खर्च गर्दछौ ।
हाम्रो आगामि कार्य योजना के छ ?
आउदो शैक्षिक सत्र देखि न्युनतम थप पाच जना बाल-बालिकाहरुलाई बिधालय भर्ना
गर्ने योजना रहेको छ। तेस्तै प्रतेक बर्ष कम्तिमा एक सामुदायिक - सरकारि
बिधालयमा पुस्तकालय स्थापना गर्दै जाने सोच रहेको छ।
अनि पांच लाख अक्षय कोष योजना नि ?
यस योजना अन्तर्गत प्रतेक आर्थिक बर्षमा बढीमा २ जिल्लाहरुलाई छनौट गर्ने र
छनौट गरियेको जिल्लाको लागि प्रति जिल्ला पाच लाख सन्कलन गर्ने। यसरि
सन्कलन भयेको रकमलाई बितिय सस्थाहरुमा बार्षिक मुद्दति निक्षेपमा दाखिला
गरि सो बाट आउने बार्षिक ब्याजले सोहि जिल्लाका पाच गरिब-बिपन्न
बाल-बालिकाहरुमा शिक्षाको ज्योति पुर्याउने। यसरी प्रतेक बर्ष २ जिल्लामा
गरी १० बाल-बालिकाहरुलाई शिक्षित बनाउदै देश बिकासमा अघी बढ्ने हाम्रो
योजना रहेको छ ।
हामी के गर्दैनौ ?
हामी सपना बाड्दैनौ । हामी सपनालाई जीवन्त बनाउने प्रयास गर्दछौ, एक शिक्षित, समृध्द र शान्त नेपालको सपना ।
हामि के चाहन्छौ ?
तपाईहरुको साथ, समर्थन, सदभाव अनि सहयोग।
कसरी ?
• पहिलो : रु.२०० प्रती महिना सहयोग गरेर
• दोस्रो : रु.२०० देखि रु.५०० प्रती महिना सहयोग गरेर
• तेस्रो: रु.५०० प्रती महिना सहयोग गरेर
• बार्षिक दाता: न्युनतम रु.१००० बार्षिक सहयोग गरेर
• प्रशासनिक दाता: यस शिर्षकमा तपाईले इच्छायेको सहयोग राशि हामिलाई
उप्लब्ध गराउनु होस, अनि हामिले सो रकमलाई मुद्दति निक्षेपमा बचत गरि सो
बाट प्राप्त ब्याजले प्रशासनिक खर्च सन्चालन गर्ने छौ।
• पाच लाख अक्षय कोष योजना मार्फत सहयोग गरेर ।
• आफ्नो साथिभाई, परिवार तथा कार्यलयको साथिहरुलाई हाम्रो बारेमा भनेर।
• आफ्नो जन्मदिनको अवसर पारेर हामीलाई न्युन्तम रु.१००० सहयोग गरी आफ्नो जन्मदिनको दिन केही परोप्कारीता गरेर ।
• र अन्तमा तपाईं हामीलाई भन्नुहोस्, तपाईं हामीलाई कसरी सहयोग गर्न सक्नु हुन्छ ?
हामी नै किन ?
किन भने हामी गरेर देखाउन तयार छौ, मात्र एक अवसर दिनुहोस् ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै