अशान्तिलाई देश बाट भगाऔ नयाँ सालमा
मुलुक भित्र दिगो शान्ती मगाऔ नयाँ सालमा
हत्या हिन्सा भ्रष्टचारलाई जरै देखी उखेल्न
त्यस्को विरुद्धमा आवाज उठाऔ नयाँ सालमा
खडेरिमा सुकिसके भातृत्वका ति फुलहरु
चारै तिरनै हरियाली फुलाऔ नयाँ सालमा
जातियताको निहु पारी एकतामा आगो बाले
समान्ताको मुल फुटाइ निभाऔ नयाँ सालमा
भारतले मिचिसक्यो कैयौ हाम्रा ति सिमारेखा
बैरी बाट त्यो मातृभूमी छुटाऔ नयाँ सालमा
कल्पना पौडेल "जिज्ञासु"
गैडाकोट,४,नवलपरासी
हाल:इजरायल