गजल : By, साबित्रा लुइँटेल घिमिरे



यो दिल दुखेको कस्लाई सुनाउँ ?
धड्कन रुकेको कस्लाई सुनाउँ ?

कसरी जुधाउ शर्मिला ई आँखा
नजर झुकेको कस्लाई सुनाउँ ?

मनमा कर्णाली उर्लेर आउँदा
बिरह लुकेको कस्लाई सुनाउँ ?

मौकाको फाइदा उठाउने दुनियाँ
स्वार्थले चुकेको कस्लाई सुनाउँ ?

मायाँको बखान गरेर नथाक्ने
मुहानै सुकेको कस्लाई सुनाउँ ?

साबित्रा लुइँटेल घिमिरे 
झापा बिर्तामोड

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com