आँखाभरी आँशु टिलपिल टिलपिल गर्दैछन । बोलि मधुरो अस्पस्ट अनि अनुहार रातो देखिन्छ! आधा घण्टा जति भै सक्यो एकोहोरो बुथको फोन समातेर गन्गनाइ रहेको! म यता उता गर्दै समय काटिरहेकी छु । आफ्नो पालो आउने बित्तिकै यहाँका बेलिबिस्तार पतिदेबलाइ सुनाउना निक्कै आतुर छु ।
नर्शले बोलाइन र रुममा जाने आदेस दिईन । रूममा पसेंर बजैलाई सोंधे, भोक लाग्यो ? टाउको हल्लाइन मैले खानेकुरा ल्याएर दिएँ उनि खाँदै भन्छिन नेपाल फोन गरिस त ? अह, किन ? बुथमा अघिदेखि एउटा मोटे बसेको छ उसका कुरा नै सकिएका छैनन् म कसरी बोलौ अलिअलि दुखि हुँदै र कठोर हुँदै म उनलाई उत्तर दिन्छु ।
दिउसोको खाना पछी सबै बिरामिले बिस्राम गर्ने हुँदा म पनि बजुलाइ बिस्तारामा पल्टाएर फेरी बाहिर निस्किएँ । अनि उहि अघिको बुथ ( फोन गर्ने ठाउँ) तिर लम्कियें । त्यो मोटे अझै बोलिरहेकै थियो मलाई मनमनै रिस उठ्यो हैन यसले यो बुथ यसको ससुराली बाट दाइजो ल्याको होकी के हो ? कति यहि मात्र बोलि रहन्छ ? गएर झपारौ जस्तो पनि नलागेको कहाँ हो र ? तर पनि धर्यता गर्दै एउटा बेन्चमा गएर प्रतिक्षा गर्न थालें । उता नेपालमा पाँच बजिसकेको थियो । यहि बेलामा बोल्न पाएदेखि बाबु छोरा सबै संग बोल्न सकिन्थ्यो नत्र एकछिनमा त सानो छोरो सुतिहाल्छ मैले फेरी उसको बोलि सुन्न भोलि पर्खनु पर्ने हुन्छ नत्र...मन हतारिएर खप्नु भएको छैन उता मोटेले बुथ छाडेको छैन यहाँ नया छु आजै बजुलाई लिएर हस्पिटल आएकी छु ।
कुर्दाकुर्दै चार बजिसकेछ अब त नेपालमा रातको आठ पनि बजिसक्यो बाबुहरू पनि सुतिसके होला मन त्यसै निरास र अमिलो भएको छ । बेलाबेलामा बजुलाई पनि हेर्न जानु पर्ने हुँदा कोठा भित्र पसेर के निस्केकी थिएँ फोन त फिलिपिनीको हातमा माछो नउम्कियोस भनेर समय झैँ दुइ हात मजबुत छन् । उफ्फ़ आज मेरो दिन बिग्रेकै हुनुपर्छ । सायद मेरो बोल्ने साइत जुरेकै छैन ऊ मस्त कुरा गरिरहेकी छ ।
सायद उ पनि मेरा जस्तै साना साना बाबुनानिहरु संग बोल्दै होलि र त आफ्नै सुरतालमा पिंजडा बाट छुटेको चरी झैँ एकसुरमा दाँया बाँया नहेरी काखैमा नानि राखे झैं बेला बेला किस गर्दै बोलीको ब्रेक लगाउंदै छ । अब भने मलाई बन्दै रिष उठेन भक्कानिएर रुन मन लाग्यो। मोबाइलबाट गर्नलाइ ब्यालेन्स छैन। एउटा भएको बुथ प्याक छ । निरास भएर झोक्रिदै बेन्चमा बसे । एकोहोरो नेपाल मात्रै सम्झना आयो परिवार संग रमाएर बसेका दिन देखि बिदा भएर हिंडेका बेलासम्मलाइ सम्झिन पुगिछु! बसेकै ठाउँमा घुक्क घुक्क गरेको आवाजले कसैले भन्यो किन रोएको के भयो ?
कता कता लाज पनि लाग्यो र हतार हतार उठेर बाथरुममा पसें अनि एइना अगाडी आफ्नै अनुहार हेरेर बेसरी रोएँ । भोलि पल्ट बिहानको नास्ता खाएपछि बजुलाई भनेर बुथमा आएँ आश्चर्य के भने तेहि हिजोको मोटे सुक्क सुक्क गर्दै फोन समातेर रुँदै रहेछ । सोंचे, यो म भन्दा पनि निक्कै दुखेको छ यसलाई कसले घात गर्यो ? या यो किन सल्लो सुसाए झैँ सुस्ताउंदै खडेरीको मूल फुटे झैँ आँखाबाट मोतीको सागर बगाउँदैछ ? मेरो मनमा खुल्दुली मच्चियो जान्ने उत्सुकताले म उसको छेउसम्म तानिएँ !उसले पुलुक्क मलाई हेर्यो म खिस्स बनावटि हाँशो हाँसे।
नमस्ते! उसले पनि नमस्ते फर्कायो! मैले सोधें म तपाइलाई हिजो बाट नियाली रहेकिछु! तपाई हिजो पनि एसरि नै रुनु हुँदै थियो र आज पनि रुँदै हुनुहुन्छ । तपाई त छोरा मान्छे सार्वजनिक ठाउमा यसरि रुँनुको बजाय के होला जान्न सक्छु ? उ मौन बन्यो र बाइ पनि नभनी फोन बुथमा अड्काएर म भएतिर फर्कियो ।
तपाइ कहाँ बाट आउनु भएको ?
नेपालबाट ।
यहाँ के काम गर्नु हुन्छ ?
कियरगिभर्को काम गर्छु !
आएको कति भयो ?
तिन बर्ष !
अझै कति बस्नु हुन्छ ?
थाहा छैन
बिबाहित ?
हजुर !
श्रीमान कहाँ हुनुहुन्छ ?
नेपालमै !
बालबच्चा ?
दुइटा छोरा !
को संग छन् ?
उहाले नै हेर्नु हुन्छ !
तपाइलाई उनि हरुको याद आउँदैन ?
मलाई झनक्क रिष पनि उठ्यो २४ घण्टा उनीहरुकै यादमा डुबेको कसले देख्ने ?पल पल कोल्टे फेर्दा झरेका आँशुको कथा यहि मनलाइ मात्र थाहाछ यो कस्तो जिन्दगी । प्रश्न गर्नलाई पैसा पनि नचाहिने रहेछ नत्र त्यसले यो मुटुमा तिर लाग्ने गरि किन यो प्रश्न गर्थ्यो? मनमनै सोंचे अनि आफुलाई समाल्दै मैले भने त्यहि याद आएरत हिजो बाट यो बुथमा आँखा तन्काइरहेकि छु तपाईले बोल्न दिनु भएकै हैन । म रुखो आवाजमा उत्तर दिन्छु । उ फेरी कुरा अघि बढाउँछ र भन्छ कति बर्षकि हुनु भो ? किन चाहियो ? तपाई मेरो इन्टरभिउ लिंदै हुनुहुन्छ हो ? हैन किन रिसाको ? भन्न मिल्दैन भने नभन्नुस ।
म केहि बेरको मौनता पछी उत्तर दिन्छु ३४ बर्ष ! बाबुहरुनी कत्रा कत्रा छन्? एउटा १२ बर्षको र अर्को 6 बर्षको । कति चाडै बिहे गर्नु भएछ है, कठैबरी सानै रहेछन आमाको कति याद आउँदो हो साथिले आमा भनेर बोलाउंदा पनि सपना झैँ लाग्दो हो तिनीहरुलाई ति निर्दोष आँखाले आमाको ममता कति खोज्दाहुन् कति निस्ठुरी है तपाई ? उसको यो प्रश्नले म झस्किएँ मेरो मन बिथोलियो र आँखा रसाए ।
मैले कठोर हुँदै भने उनीहरुकै उज्वल भविस्यको खातिर म यहाँ संघर्ष गर्दैछु यो मेरो रहर हैन मेरो बाध्यता हो बुझ्नु भो ? अनि दाया बाया नजर लगाएर यसो उ भएतिर हेरेको त उ त झन् बर्बरी आँशु झार्दै निगुर्मुन्टि न भएर बसेको रहेछ । मैले भने किन रुनु भएको ? तपाइभित्र कस्तो पींडा छ ? जो तपाइले जतिबेलै आँशु झारिरहनु पर्छ? म अब उ तिर फर्किएँ र सोध्न लागें । उ उत्तर नदिकन बसिरहेको थियो दुइटा प्रहरी आएर उसलाई लिएर रुम भित्र छिरे ए दाइ सुन्नुस न तपाइको नाम....? म उसलाई प्रश्न गर्दै थिएँ नाम पनि जान्न पाइन त्यो मोटेको । साँझ परिसकेको थियो म पनि बजु भएतिर हानिएं मनमा उत्सुकताले घच्घच्याई रह्यो ....
नौ बजेको छ बजुको सबै काम सकेर कफीको चुस्की संगै बुथ भएको बेन्चमा बसेर मोटे आउने प्रतिक्षामा नजर दौडाइ रहेकी छु नभन्दै उ ह्वीलचियरका पांग्रा दुवै हातले गुड्काउँदै बुथ भएतिर आयो साथमा दुइ प्रहरी आएका छन । म बिस्तारै मोटे भएतिर लम्किन्छु नमस्ते । सन्चै हुनुहुन्छ ? म भेटघाटको औपचारिकता पुरा गर्छु । नमस्ते भन्दै उ म तिर फर्कियो उसको चेहरा निक्कै उज्यालो छ आँखा निलो गगन झैँ सफा र उत्सुक देखिन्छन । ओठमा मलिन मुस्कान सहित उ मलाई सोच्छ नास्ता भयो ? हजुर भयो तपाइको नि ? मेरो पनि भयो उ बोल्छ । म फेरी प्रश्न गर्छु तपाइको नाम ? मुसुक्क हाँसेर भन्यो यतिका चिनजान पछी ? एली ।
मलाई उसको आँशुको रहस्य जान्नु थियो उसको जिन्दगी पढ्नु थियो त्यसैले मैले कुरा कोट्याएं तपाई आज निक्कै खुशी हुनुहुन्छ यस्तो बेलामा भन्न ठिक हुन्छ्हुन्न मलाई थाहा भएन तर तपाई कस्तो पीडा बोकेर बाच्नु भएको छ भन्न मिल्छ भने प्लिज....मैले अनुरोध गरें । उ बर्बराउन थाल्यो ....
म १८ बर्ष पुरा भएपछी आर्मीमा भर्ति भएं । लेबनानको र इजरायलको बोडर्मा ट्रेनिंगको लागि लगियो । तिन बर्ष सम्मको लामो बसाइमा मेरो मित्रता आदि नामकी एक युवती संग भयो । उनि पनि ट्रेनिग मै भएकिले हाम्रो भेटघाटका दिनहरु रमाइला र मिठा हुन थाले । यसै क्रममा उनको र मेरो मन मिल्यो। अनि हामीले एकाअर्कासंग जिन्दगी संगै जिउने संगै मर्ने बाचा गरिउ । अनि त्यसपछी के भयो ? म हतारिनछु । एकदिनको कुरा हो उनको र मेरो प्रेमले लगभग छ महिना पार गरिसकेको थियो ।
हाम्रो सम्बन्ध सागर भन्दा गहिरो आकास भन्दा फराकिलो भएर मुस्कुराइ रहेको थियो । हामि एकार्का प्रति धेरै बिस्वास गर्थ्यौ । एक दिनको कुरा हो क्याममा उनि र म एक्लै भएको बेलामा हामीले मन मात्र नभएर तन पनि एकअर्कालाई सहज सुम्पिएका थियौ! उनि टक्क अडिन्छन । त्यसपछि ? म फेरी उनलाई झक्झक्याउंछु । उनि असाध्यै राम्री थिइन सबैको आँखा उनि माथि पर्थे । मेरो एउटा साथीले उनलाई मन परउदोरहेछ । एकदिन उसले आदिलाई मेरै छेउमा आएर प्रेम प्रस्ताब राख्यो । आदिले अस्विकार गरिन र मेरो र उनको सम्बन्धको बारेमा भनिन उ निरास भएर फर्कियो ।
दिउसोको खान खाने बेला भएछ तपाई पनि खानुस र म पनि बजुलाई खान दिन्छु यो तपाइको जिबनकहानी भरे पुरा गर्ने है मलाई बोलाइन भनेर म दौडिएँ । मन भने तेही अल्झीरहेको थियो उनि संगै। दिउँसोको खान पछि उनि फोन गर्ने निहुँले बुथमा आए र म पनि बजु सुताएर उनको अगाडी आएर काँन ठाडा पार्दै बसे । उनि अघिको कहानी पुरा गर्नतिर लाग्छन । साँझाको बेला थियो उनि बेथ कफे ( कफी पिउन) गएकी थिइन् म उनको प्रतिक्षामा बरण्डा बाट छितिज नियाँलदै बसिरहेको थिएँ । ेरो अगाडी उनलाई मन पराउने केटा देखा पर्यो र भन्यो आदि मेरी हो म उसलाई तैले भन्दा बढि माया गर्छु त्यसैले आजै बाट उसलाई हेर्न छाडिदे भनेर धम्कि दियो।
मैले उसलाई सम्झाउने कोसिस गरें उ मुर्ख झैँ उसैका कुरामा अडिक भएर म माथि हातपात गर्न थाल्यो । सको र मेरो झगडा निक्कै बेर चलिरहेको थियो खै के के भयो थाहा छैन मैले एक्कासी आफुलाई हस्पिटलको बेडमा पाएँ मेरो एउटा खुट्टा काटिएको थियो यति भन्दा उसका आँखा टिलपिल भएर भुइमा पोखिसकेका थिए म बाकि काहानी सुन्न हतारिदै थिएँ । प्लिज भन्नुस न।
म सानै हुँदा मेरी आमाको निधन भयो आमाको अनुहार धमिलो छाँया जस्तै अलिअलि याद छ! बाबाले अर्की आमा ल्याएर बस्नु भयो । सौतेनी आमाले हेला गरेपछि म काकाको घरमा गएर बस्न पढ्न थालें । मलाई पढ भन्ने कोहि थिएन मेरो सुन्दर भविस्यको कल्पना गर्ने पनि कोहि थिएन जसोतसो दस सम्म पढेर आर्मीमा भर्ति भएँ त्यो पनि आज यो अवस्थामा आफुलाई भेटेको छु खै के भनौ ? सुख दुख बाँडे मन हल्का हुन्छ रे पीडा आँशुले बगाएर लैजान्छ रे त्यसैले नरोक्नुस अब पुरा भन्नुस यो अधुरो कहानिले म बिथोलिंछु एली... मैले भने ।
उ बोल्न थाल्यो, साथी र म बिचको झगडाले गोलि सम्म चलेको थियो मैले हानेको गोलिले उसको छाति वारपार भएर उसले त्यहि जिन्दगी बिसाएछ म भाग्ने हुँदा माथि बाट बजारिएर दुवै गोडा काम नलाग्ने गरि...यो अवस्थामा छु! मलाई ज्यान मारेको अभियोगमा जेल चलान गरियो म यो ह्वीलचियरमा बसेको बाह्र बर्ष भयो । ांच बर्ष देखी क्यान्सर रोघका कारण आधा मरिसकेको छु । डाक्टरले दिएको म्याद अब दुइ हप्ता मात्र बाँकि छ ।
यति भनि सक्दा मैले मेरा आँखामा फेवाताल भरिएको चालै पाइनछु उसले नै तिमी पहिले आँशु पुछ भन्दा पो झसंग भएँ । उनि अघि बोल्दै गए । मलाई भेट्न आदि आइरहन्छिन। म यो बुथ बाट धित मरुन्जेल उनि संग कुरा गर्दै रुने गर्छु! उनि जागिर खाने हुँदा संधै आउन पाउदिनन हाम्रो मायाँको चिनो छोरी छिन तर उनलाई म बाबु हुँ भनेर थाहा छैन । किन ? म क्यान्सरको रोघी छु भनेर छोरीलाई ढाटेका छौ । क त जेलमा त्यसमाथि पनि म मर्दै छु भन्दा उसलाई कस्तो घात पर्ला ? सो उनि बिना बाबुकी छोरी भनेर भनेकी छिन उनकी आमाले ।
ज आदि अफिस सकिएपछी छोरी लिएर मलाई भेट्न आउदै छिन बिहान म खुशी हुनुको कारण त्यहि हो । ाक्टरले भनेको मेरो स्वस्थस्थिती हिजो भन्दा आज निक्कै बिग्रिसकेको छ रे भोलि यहाँ बाट डिस्चार्ज हुँदै छु । जेलमा छोरी ल्याउदिनन सायद मैले मेरी छोरीलाई देख्न पाउने आज अन्तिम दिन हो । मैले एक शब्द पनि छोरी भनेर काखमा राख्न नपाइ मर्ने भएँ ।
दि रुएर कम्जोर भैसकेकी छन् मैले कत्ति भन्दा पनि उनले बिहे गर्न मानिनन मैले भनेको छु मेरो निधन पछी तिमीले जसरि पनि बिहे गर्नु भनेर तर उनि जवाफ दिन्न । अब त्यो छोरीलाइ कसरी र कस्तो जिन्दगी दिन्छिन थाहा छैन । सायद तेस्को जिन्दगी पनि कतै मेरै जस्तो......उनि संगसंगै म पनि निक्कै बेर आँशुमा डुबेर आफ्नो स्थान तर्फ लांगे । ोलि पल्टदेखि त्यो बुथ जतिबेलई खालि हुन्थ्यो तर म गोजीमा काड बोकेरै बसिरहें त्यो दिनबाट हस्पिटल बसाइ दिक्क लाग्दो भयो।
इजरायल!