गजल : By, नवराज भट्ट



मैले आखा मारे, जानेर आयौ
नजर ले तिर, हानेर आयौ

एति चाडो बिस्वाश कसरि गर्यो
सर्वस्व नै आफ्नो, ठानेर आयौ

मन को कुरा राख्दा मैले
सजिलै हुन्छ भनि, मानेर आयौ

म मात्र थिइन नि तिम्रो लागि
लाखौ को भीडबाट, छानेर आयौ

निर्णय गर्यो कसैलाई नसोधी
मन ले मन लाइ, बानेर आयौ

नवराज भट्ट
धादिङ ,मैदी २ अमराइ
हाल :अबुधाबी , यू.ए.इ

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com