भयो आज हाम्रो माया
खोलीको दुई किनार
आसै छैन कहिं कतै कुनै बेला मिलनको
समयको जीत अनि
भएछ भाग्यको हार
के महत्व र अस्तित्व अर्थहिन जीवनको
आगोको रापले जस्तै सूर्यको तापले जस्तै
पोल्छ मन भतभती हुन्छ तनमा छट्पती
भयो आज हाम्रो माया खोलीको दुई किनार
आसै छैन कहिं कतै … …
समयको जीत अनि .. ..
के महत्व …
अनायसै हुरी चल्यो पिरति को घर ढल्यो
रहेछ् माया बहुमुल्य बन्नु पर्यो मरुतुल्य
भयो आज हाम्रो माया खोलीको दुई किनार
आसै छैन कहिं कतै … …
समयको जीत अनि .. ..
के महत्व …
' नरेन्द्र घर्ती '
तारा / बाग्लुङग