गीत : By, सन्दीप ढकाल



टुटी गयो हाम्रो नाता थियो नभन्नु !!
दोषी थियौं दुवै धोका दियो नभन्नु !!
.
तिम्ले न त मैले बुझें भाषा मायाको  
गर्ब भित्रै निमोठियो आशा मायाको
आँशु दिई उस्ले खुशी लियो नभन्नु !!
दोषी थियौं दुवै धोका दियो नभन्नु !!
.
खाली नै छ तिम्रो ठाउँ अझै मुटुमा
मेट्या छैन तिम्रो नाउँ अझै मुटुमा
मलाई रुवाई उ खुशीले जीयो नभन्नु !!
दोषी थियौं दुवै धोका दियो नभन्नु !!
.
टुटी गयो हाम्रो नाता थियो नभन्नु !!
दोषी थियौं दुवै धोका दियो नभन्नु !!


 सन्दीप ढकाल


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com