टिस्टा र कागडाका तीरहरू को गजल लेख
भिमसेन ,बलभद्र वीरहरू को गजल लेख
नेपालि हुँ भन्दै आज गौरब गर्न लायक भाछौ
देशको लागि ज्यान दिने सिरहरू को गजल लेख
...
तराई मात्र होईन नेपाल् हिमाल,पहाड समेटेर
गाऊ बेसी डाडा पाखा भिरहरू को गजल लेख
माया प्रेमका गजल हरू दुनियाँले धेरै लेखे
माया मात्र हुन्न गजल पिरहरू को गजल लेख
नवराज भट्ट
धादिङ ,मैदी २ अमराइ
हाल :अबुधाबी , यू.ए.इ