नेपाली राजदूतावासका प्रथम सचिव लोकबहादुर क्षेत्रीलाई युएईबाट बिदाई

दुबई, युएई चैत्र २५,

लालबहादुर ढेंगा: अबुधावी नेपाली राजदूतावास अबुधावीका प्रथम सचिव लोकबहादुर क्षेत्रीलाई गत ५ अप्रिल शुक्रबारका दिन अबुधावीको केरला सो सियल सेन्टरमा एउटा कार्यक्रमको आयोजना गरी नेपाली समाज युएई तदर्थ समितिको आयोजनामा विभिन्न संघ संस्थाहरुले सम्मान तथा बिदाई गरेका छन् । प्रथम सचिव क्षेत्रीको ४ बर्षे कार्यकाल सकेर नेपाल फर्कन लाग्दा सो बिदाई गरेको हो । 

उक्त बिदाई कार्यक्रमको अध्यक्षता नेपाली समाज युएई तदर्थ समितिका अध्यक्ष राजु गुरुङले गर्नु भएको थियो भने प्र मुख अतिथिको आसनमा प्रथम सचिव लोकबहादुर क्षेत्री रहनु भएको थियो । त्यस्तैगरी अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्र तिनिधिहरु, समाजसेवी, बुद्धिजीवी र पत्रकारहरु रहेको कार्यक्रम लाई भरत राना मगरले संचालन गरेका थिए । पर्वत सेवा समाज युएईका वरिष्ठ सल्लाहकार कृष्ण भुसालको शुभकामना मन्तव्यबाट थालनी भएको कार्यक्रममा विभिन्न वक्ताहरुले आ–आफ्ना मन्तव्यहरु राखेका थिए । 

मन्तव्यकै क्रममा सबै वक्ताहरुले एउटा ईमान्दार र सहयोगी सचिवलाई बिदाई गर्दा दुःख लागेको बताए । उहांको कुशल कार्य र राम्रो व्यावहार बाट सम्पूर्ण नेपालीहरु धेरै खुशीमा थिए । प्रथम सचिव क्षेत्रीले आफ्नो मन्तव्यको क्रममा युएईस्थित रहेका सम्पूर्ण प्र वासी नेपालीहरु र विभिन्न संघ संस्थाहरुको अपार माया र सहयो गलाई कहिल्यै नभुल्ने बताउनु भयो । भावुक हुंदै प्रवासमा पनि आफ्नो देशको कला, संस्कृति र भेषभूसालाई जिवित राख्दै एक आपसमा भाईचाराको परम्परा रहेकोमा गौरवको कुरा बताउनु भयो । 


नेपाल फर्केर गएता पनि फेसबुक र ईन्टरनेटको माध्यमबाट नजिक रहने प्रतिबद्धता समेत गर्नु भएको छ । नेपाली समाज युएई तदर्थ समितिको आयोजनामा सम्पन्न भएको कार्यक्रममा तमु समाज युएई, मगर संघ युएई, पर्वत सेवा समाज युएई, प्रवासी संघ युएई, संघीय समाजवादी युएई, नेपाली जनप्रगतिशील मोर्चा युएई, सर्वदा वाङ्मय प्रतिष्ठान युएई र ने पाल आदिवासी जनजाति महासंघ युएईका प्रतिनिधिहरुले खादा ओढाउदै सम्मान–पत्र दिएर बिदाई गरेका छन् । त्यस्तैगरी ने पाली समाज युएईका संस्थापक तथा आजीवन सदस्य शारदाप्रसाद भट्टर ाईले दोसल्ला ओढाउनु भएको थियो भने नेपाली समाज युएई तदर्थ समितिका अध्यक्ष राजु गुरुङले सम्मान–पत्र दिएर सम्मान गर्नु भएको थियो । 


विगत ४ बर्षदेखि युएईस्थित रहेका नेपालीहरुको समस्यालाई सहज र सरलतापूर्वक मिलाउदै आउनु भएका प्रथम सचिव क्षेत्रीको बिदाईको अवसरमा आ–आफ्ना बिचार तथा मन्तव्य राख्ने वक्ताहरुको रुपमा प्रवासी संघ युएईका अध्यक्ष यमलाल पंगेनी, सर्वदा वाङ्मय प्रतिष्ठान युएईका अध्यक्ष दीप मोहाङ, संघीय समाजवादी युएईका अध्यक्ष भुवन राई, भू.पु.नेपाली समाज युएईका अध्यक्ष यमप्रसाद तमु, तमु समाज युएईका अध्यक्ष डिआर गुरुङ, ने पाली समाज युएईका निवर्तमान अध्यक्ष कृष्ण ढकाल, नेपाली समाज युएईका संस्थापक तथा आजीवन सदस्य शारदाप्रसाद भट्टराई, प्र थम सचिव लोकबहादुर क्षेत्री र नेपाली समाज युएई तदर्थ समितिका अध्यक्ष राजु गुरुङ रहेका थिए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com