श्रीमतीको हत्या गरी श्रीमान फरार

स्याङ्जा, वैशाख ७,

स्याङ्जाको बानेथोक देउराली गाविस-२ का धनबहादुर सार्कीले श्रीमतीको हत्या गरी फरार भएका छन्। वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक हरिकृष्ण केसीका अनुसार जिल्लाको दार्सिङ दहथुम गाविस-२ ओडारेमा डेरा गरी बस्दै आएका धनबहादुर २७ वर्षीया श्रीमती तारा सार्कीको हत्या गरी फरार भएका हुन्। 

प्रहरी निरीक्षक केसीका अनुसार आज मध्याह्न श्रीमती ताराको शव धनबहादुरको कोठामा फेला परेको थियो। घटनाबारे थप अनुसन्धान जारी राखिएको र ताराको शवलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा ल्याइएको छ। रासस;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com