सवारी दुर्घटनामा एकजनाको मृत्यु १८ जना घाइते

परासी, चैत ३० ,

पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मुकुन्दपुरमा आज बिहान भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना४ख ४६३५ नम्बरको ट्रक र सोही दिशाबाट आउँदै गरेको ना३ख ७५५१ नम्बरको बस एकआपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो। दुर्घटनामा परी बसमा सवार जिल्ला हुम्ला सिमीकोट- ६ का २१ वर्षीय देवजङ रावतको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको गैँडाकोट प्रहरीले जनाएको छ ।

घटनामा परी दुई जना गम्भीर घाइते भएका छन्। सबै घाइतेको मेडिकल कलेज चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com