फरार पूर्वसैन्य राष्ट्रपति मुसर्रफ फक्राउ

काठमाडौ, वैशाख ७ ,

अघिल्लो दिन अदालतबाट फरार भएका पाकिस्तानका पूर्वसैन्य राष्ट्रपति पर्वेज मुसर्रफ फक्राउ परेका छन् । उनलाई प्रहरीले स्थानीय अदालतमा पेस गरेको छ । इस्लामावाद नजिकैको आफ्नै निवासबाट मुसर्रफ फक्राउ परेका हुन् ।

उनलाई अदालतले दुई दिन घरमै राखेर आतकंवादसम्बन्धी मुद्दा हेर्ने अदालतमा हाजिर गराउन आदेश दिएको छ । पूर्व शासक पक्राउ परेको पाकिस्तानमा यो पहिलो घटना हो । बिहीबार उनी इस्लामावादस्थित उच्च न्यायालयबाट फरार भएका थिए ।

अदालतले उनलाई पक्राउ गर्न आदेश दिएको बेला अदालत परिसरमै रहेका मुसर्रफ आफ्ना निजी अंगरक्षकहरुको सहयोगमा फरार भएका थिए । उनी शासनमा रहँदा सर्वोच्च अदालतका न्यायाधीशलाई गैरकानुनी तरिकाले थुनामा राखेको मुद्दामा अदालतले उनलाई पक्राउ गर्न आदेश दिएको हो ।

प्रहरीकै सामुनेबाट अदालत परिसरबाट बाहिरिएका मसर्रफलाई पक्राउ नगरिएकोमा आदलतले इस्लामावदका प्रहरी प्रमुखलाई अदालतमा हाजिर हुन आज बोलाएको छ ।एजेन्सी;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com