पूर्वराष्ट्रपति पर्वेज मुर्सरफलाई आतंकवादको आरोप

इस्लामावाद, वैशाख ८,

पाकिस्तानका पूर्वसैनिक एवं पूर्वराष्ट्रपति पर्वेज मुर्सरफलाई सन् २००७ मा न्यायाधीशहरूलाई गैरकानुनी ढंगले पक्राउ गरेको अभियोगमा दुई सातासम्म न्यायायिक हिरासतमा राख्ने आदेश दिइएको छ । सन् १९९९ देखि २००७ सम्म सत्तामा रहेका उनलाई शुक्रबार पक्राउ गरिएको हो ।

उच्च न्यायालयले यो गतिविधिलाई आतंकवाद कार्य मानेको छ । अदालतले मुसर्रफलाई राजधानी इस्लामावादको आतंकवाद निरोधी अदालतमा उपस्थित गराएको छ । उनलाई सर्वोच्च अदालतले बिहीबार पक्राउ आदेश दिएको थियो । मुसर्रफले आफूविरुद्धको मुद्दालाई राजनीतिक रूपले प्रेरित भन्दै आएका छन् । उनले सन् २००७ मा मुलुकमा संकटकाल घोषणा गरेका थिए । यसविरुद्धमा बोल्ने न्यायाधीशलाई उनले बर्खास्त गरेका थिए ।

यही मुद्दामा मुसर्रफलाई गत साता मात्र अदालतले हाजिर हुन बोलाएको हो । उनी मेमा हुन लागेको आमनिर्वाचनमा सहभागी हुनका लागि पाकिस्तान आएका थिए । उनलाई निर्वाचनमा सहभागी हुनबाट अदालतले सुरुमा प्रतिबन्ध लगाएको थियो । मुसर्रफका वकिलले यसविरुद्ध उपल्ला अदालतमा अपिल गर्ने बताएका छन् ।एएफपी;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com