प्रहरीदेखि बयाबसायिहरु हैरान

दैलेख  बैशाख १३,

दैलेखका विभिन्न गाँउबाट व्यवसायीले खरिद गरेका गाईलाई प्रहरीले रोकेपछि गाई व्यवसायी सदरमुकाममा अलपत्र परेका छन्। हिजो प्रहरीले यहाँबाट मुगुतिर लैजाँदै गरेको अवस्थामा गाईसँगै ३ जना व्यवसायीलाई नियन्त्रणमा लिएको थियो। 

व्यवसायीले खरिद गरेको गाई जिल्ला पशु सेवा कार्यक्रयबाट सिफारिस शुक्रवार बनाएपनि मुगु लैजान जिल्ला प्रहरी कार्यालयले रोकेको छ। आज गाई व्यवासायीले मुगुसम्म गाई लैजान जिल्ला पशु कार्यालयबाट सिफारिस ल्याउँदा समेत प्रहरीले नदिएपछि गाई व्यवसायी हैरानी भएका हुन्। 

सिफारिस ल्याउँदा समेत प्रहरीले घण्टौ रोकेर दुख दिएपछि आफुहरु सदरमुकाममा अलपत्रपरेको व्यवसायीहरुले बताएका छन्। आज जिल्ला प्रहरी कार्यालयमा गाई व्यवसायी कुलु –४ का मुगुका ट्रेसाङ लामाले भने, ुपशु सेवा कार्यालयबाट मुगुसम्म लैजाने सिफारिस ल्याएँ तर, प्रहरीले अवेरसम्म छाड्न मानेन्।ु ट्रेसाङले भने, ुपशु प्राविधिकले सिफारिस बनाउन पैसा लाग्छ भन्दै १ हजार ५ सय रुपैयाँ लगेर रसिद दिएनन्।ु 

पहाडका लोकल गाई हिमाली क्षेत्रमा पाईने चौरीसंग मेल गराएर प्रजनन गराउने व्यवसायीको भनाइ छ। उनीहरुले ३० वटा गाई कालिकोट हुँदै मुगतिर लैजान लागेका थिए। गाई व्यवसायी कुलु –५ मुगुका ट्रसी लामाले भने, ुप्रहरीले अनावश्यक दुख दिएर राख्यो।ु प्रहरी कार्यालय नजिक गाई राखिएको स्थानमा रातभर जाग्राम वितायौ । 

यता सिफारिस बनाउँदापैसा खानेको विरुद्धमा निवेदन आएपछि सोधपुछ गरिने प्रमुख जिल्ला अधिकारी होमनाथ थपलियाले प्रतिक्रिया दिए। मुगुसम्म लान जिल्ला पशु कार्यालयको सिफारिस नभएकाले रोकिएको जिल्ला प्रहरी प्रमुख डिएसपी प्रज्वल महर्जनले बताए। ुसिफारिस बनाएपनि व्यवसायीले १ हजार ५ सय रुपै“या जिल्ला पशु सेवा कार्यालयमा दिएको बताएकाले हामीले रसिद मागेका छौं।ु एक प्रहरीले भने।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com