१५ वर्षीया किशोरीलाई हातखुट्टा बाँधेर रातभर बलात्कार

इनरुवा , वैशाख ९ ,

 अबधेशकुमार झा , सुनसरीको पचिरामा १५ वर्षीयालाई हातखुट्टा बाँधेर रातभर बलात्कार गरिएको छ । वैशाख ५ गते बलात्कार भए पनि प्रहरीले सार्वजनिक गर्न नचाहेकाले ढिलो थाहा भएको हो । पचिरा गाविसमा लागेको मेलाबाट फर्कने क्रममा उक्त साँझ सिमरिया गाविसकी ती किशोरीलाई सोही ठाउँका ३५ वर्षीय दिलीप चौधरीले पचिरास्थित बाँसघारीनजिक खेतमा लगेर हातखुट्टा बाँधी बलात्कार गरेका थिए । 

बेहोस भएपछि चौधरी छाडेर भागेका थिए । बिहानै खेतमा मूर्छित किशोरीलाई स्थानीय बासिन्दाले देखेपछि परिवारलाई खबर गरेपछि वैशाख ६ मै इलाका प्रहरीमा जाहेरी दिए पनि प्रहरीले दर्ता गर्न नमानेको परिवारले जनायो । कोशी अञ्चल अस्पतालमा उपचारपछि किशोरी आइतबार घर फर्किएकी छन् ।(इकान्तिपुर)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com