आजबाट कक्षा १२ को परिक्षा

 काठमाडौ

उच्च माध्यमिक शिक्षा परिषद्का मातहतको कक्षा १२ को परिक्षा आजबाट सुरू भएको छ । परिक्षाको पहिलो दिन आज अनिवार्य अंग्रेजीको परिक्षा चलिरहेको छ । परिषद्का अनुसार परिक्षामा ३ लाख ९८ हजार १ सय १५ जना सहभागी छन् । कक्षा १२ को परीक्षा आगामी २९ गतेसम्म चल्ने छ ।

परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ । परीक्षाका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, पर्यवेक्षक, निरीक्षक, सुरक्षाकर्मी, कर्मचारी र सहयोगी गरी ३० हजार जना खटाइएको छ । परीक्षा लागि तीन हजार ५ सय ९६ विद्यालयमा ९ सय ३२ परीक्षा केन्द्र तोकिएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com