अपाङ्ग आशालाई ईजरायलबाट आर्थिक सहयोग

पर्वत वैशाख १०,

राजु पौडेल : दुवै खुट्टा लुला भई बैसाखीको भरमा मात्र थोरै मात्र हिँडडुल गर्न बाध्य आशालाई ईजरायल बाट सहयोग प्राप्त भएको छ । घरपरिवारको हातमुख जोर्न विदेशिएका नेपालीहरुले उनलाई सो सहयोग गरेका हुन् । शालिग्राम गाविसमा जन्मेकी आशाका बाबु सानै छँदा विदेशिएपछि आमा समेत पोइल गएकी थिइन् ।

बेसहारा आशा आफ्ना काकाको घरमा शरण लिई जेनतेन आफ्नो अध्ययनलाई अगाडि बढाइरहेकी छन् । अपाङ्ग आशा शालिग्राम गाविस वडा नं. ३ माझगाउँकी २० वर्षिय युवती हुन् । उनलाई शिला निमाविले सक्दो सहयोग गरेको छ । विद्यालयको सहयोगमा उनको एभरेष्ट नारी बचत बैंक पर्वत कुश्मामा ०३०००५१८२००१८६ नम्वरको खाता खोलिएको छ । जसमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाबाट सहयोग हुने क्रम जारी छ ।

उनलाई सानैमा बाबु र आमाले छाडेर गएपछि अपांग उनी हिम्मत भने हारेकी छैनन् । सबैको सहयोग र सद्भाव बटुल्न सफल आशालाई स्थानीयस्तरबाट समेत सहयोग प्राप्त भइरहेको छ । उनी हाल शिला निम्न माध्यमिक विद्यालय शालिग्राम ५ देउरालीमा कक्षा ६ मा अध्ययनरत छन् ।

 पछिल्लो समयमा उनको खातामा इजरायलबाट सहयोग गर्ने नेपालीहरुमा नवराज आचार्य, जगन कार्की, श्याम सुवेदी, दिपकिरण, सन्तोष शिवाकोटी र सुनिता राई (यासिन) ले एक सहयोग  अभियान चलाई तीस हजार सहयोग उपलव्ध गराएका छन् । उनलाई अन्य संघसंस्था हरुबाट समेत सहयोगको हुनेछ भन्ने अपेक्षा गरिएको छ । निज आशालाई विद्यालयले पोशाक, किताव, स्टेशनरी सामग्रीहरु निःशुल्क रुपमा उपलब्ध गराइ रहेको छ ।

यसरी स्वदेश तथा विदेशबाट आशालाई सहयोग प्राप्त हुन थालेपछि विद्यालयका प्रधानाध्यापक हिमलाल भुर्तेलले सहयोगदाताहरुलाई धन्यवाद दिंदै आशाको शैक्षिक पक्ष अघि बढाउन तथा जीवन धान्ने सहाराका लागि सहयोग गर्ने इजरायलमा कार्यरत नेपाली लगायत सबैलाई धन्यवाद व्यक्त गर्दै थप सहयोगका लागि सबैसँग आग्रह गर्नुभएको छ । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com