आज मैले तिमी सँग रमाउन होली खेँले।
ईन्द्रेणी झैँ वदन त्यो भिजाउन होली खेलेँ।
उत्शवको दिन हो यो अलिकती खुशी बाँढे,
जीवनलाई रङ्गी चङ्गी बनाउन होली खेलेँ।
हानेँ लोला नरिसाउ जहाँ लाग्यो माफ देऊ,
ईतिहास परम्परा जोगाउन होली खेलेँ।
समाजमा हिजो आज छाडा पन बढ्दै जाँदा,
भित्रीएका विकृतीलाई हटाउन होली खेलेँ।
'नाता जोडी तिमी सँग डोली चढ्ने आँट गरेँ'
यही कुरा तिमीलाई वताउन होली खेलें।
रोशन खड्का
सहरे ८ दोलखा।
हाल मलेशिया।