गज़ल : By, आरके थापा



मेरा ति यादलाई , भुले हुन्छ अब । ।
निर्धक्क आममाझ , खुले हुन्छ अब । ।

मनको जेल भित्र , थुनेर राखेथेँ ,
मलाई छोडी अन्तै , डुले हुन्छ अब । ।

तिम्रो त्यो मन्ले खाको , अरु कोही भेटे ,
उसैको दिल भित्र , घुले हुन्छ अब । ।

काडाँ सरी भय म , तर दुख दिन्न ,
बगैँचाको फूल झै , फुले हुन्छ अब । ।

मायाँ मोह बाडेर , एक आपसमा ,
मनको डाली भरी , झुले हुन्छ अब । ।

आरके थापा , बोच-दोलखा
हाल , साउदी अरब

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com