गजल : By, रोशन खड्का



भुल्ने छैन कै'ले मैंले, तिम्रा मिठा वात प्रिय।
दुनियाँका कुरा सुनी, नगर ल! घात प्रिय।

नभई देउ पराई झैँ, मेरो हात छुटाएर,
बाँच्दिन म छुटे भने,ति कोमल हात प्रिय।

सुनसान कोठा भित्र,तिमीलाई सम्झिएर,
कोल्टे फेर्दै बिताउने.नहोस् मेरो रात प्रिय।

विश्वास छ टूट्ने छैन,मेरो पै'लो चोखो मायाँ,
टूटाउँदै विश्वास त्यो, नहान ल! लात प्रिय।

मूना र मदन जस्तै, हुनू पर्छ हामी दुई,
*रोशन*लाई जुनी भरी, दिई रहु साथ प्रिय।

 रोशन खड्का
सहरे 8 दोलखा।
हाल मलेशिया।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com