यौवनको बैंशालु चक्र, गीत : By, नरेन्द्र घर्ती



संघर्ष गर्दा गर्दै आधा, उमेर गै सकेछ
यौवनको बैंशालु चक्र, घुमेर गै सकेछ

मेरा यिनै पवित्र मन्का, तरंगहरू सबै
तिनै निर्दोष चाहनाका, उमंग हरू सबै
धेरै पहिला जवानीमै, झुमेर गै सकेछ
यौवनको बैंशालु चक्र, घुमेर गै सकेछ

हिउँद जस्तै जिन्दगी, उजाड लाग्छ सधैं
मरुभुमी जस्तै जीवन, उराठ लाग्छ सधैं
शायद पैल्यै बशन्तले, चुमेर गै सकेछ
यौवनको बैंशालु चक्र, घुमेर गै सकेछ

संघर्ष गर्दा गर्दै आधा, उमेर गै सकेछ
यौवनको बैंशालु चक्र, घुमेर गै सकेछ

' नरेन्द्र घर्ती '
तारा / बाग्लुङग

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com