घरी घरी सपनिमा,नसताउन प्रिय ।।
छोडी टाढा जान्छु भनि,नाअताउन प्रिय ।।
तिमी मेरो जिवन हौ,म तिम्रो रक्त नलि,
च्वाट्ट काटी रक्त नलि,नहटाउन प्रिय ।।
संगै यात्रा गरी हिड्दा,भयकि! कुनै गल्ति,
अरु सामु मेरा कुरा,नबताउन प्रिय ।।
हिजो अस्ती भन्दा पनि,आज माया कम भो,
अन्त्य होला हाम्रो माया,नघटाउन प्रिय ।।
फुर्सदको पछुतो हो,हतारको निर्णय ,
ठन्डा बनाउ दिमाख,नतताउन प्रिय ।।
घरी घरी सपनिमा,नसताउन प्रिय ।।
छोडी टाढा जान्छु भनि,नाअताउन प्रिय ।।
आरके थापा,
बोच-दोलखा
हाल साउदि,अरब