मकवानपुर , फाल्गुन २० ,
बोक्सी आरोपमा ७ महिनाअघि डाँडाखर्कबाट विस्थापित एक दम्पतीलाई अधिकारकर्मी महिलाले शुक्रबार गाउँमै पुनस्र्थापित गराएका छन् । डाँडाखर्क ८ का ५० वर्षीय कुलबहादुर स्याङ्बो र उनकी ४७ वर्षीय पत्नी राममायालाई यहाँ क्रियाशील अधिकारवादी संघसंस्थाका प्रतिनिधिले गाउँमा पुगेर पुनस्र्थापना गराएका हुन् ।
अधिकारकर्मी महिलाले स्याङ्बो दम्पतीलाई पुनस्र्थापनाका लागि सँगै लिएर गएका थिए । डाँडाखर्क, कैलासस्थित स्थानीय विद्यालयमा आयोजित कार्यक्रममा भदौ १ देखि बोक्सी े आरोपमा विस्थापित स्याङ्बो दम्पतीलाई अधिकारकर्मीले गुराँसको फूल र अबिरले सम्मानसमेत गरेका थिए । स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा ललिता श्रेष्ठ, माया लामा, लक्ष्मी माझी (कृपा) ले बोक्सी आरोप लगाएर कसैलाई अपमानित गर्न नहुने बताएका थिए ।
सामन्ती समाजको यो उपज भएकाले यस्ता कुरामा कसैले पनि विश्वास गर्न नहुने उनीहरूले बताएका थिए । कार्यक्रममा स्याङ्बो दम्पतीलाई बोक्सी आरोप लगाएर गाउँबाट विस्थापित गराउनेहरूसमेत कार्यक्रममा सहभागी थिए । स्याङ्बो दम्पतीलाई बोक्सी आरोप लगाएर विस्थापित गरेको अभियोगमा अदालतमा मुद्दा चलेका तर फरार तीन अभियुक्त कार्यक्रममा उपस्थित थिए ।
गाउँका बालबालिकालाई स्याङ्बो दम्पतीले भेदेर बिरामी पारेको भन्दै डाँडाखर्क ८ का २७ वर्षीय राजकुमार मुक्तान, जयबहादुर मुक्तान र उनकी पत्नी ३० वर्षीय कान्छीमाया मुक्तान र ३५ वर्षीय खड्कबहादुर मुक्तानले कुटपिट गरेका थिए । विभिन्न महिलावादी संघसंस्थाको सहयोगमा गत मंसिरमा स्याङ्बो दम्पतीेले प्रहरीमा उजुरी दिएका थिए । जिल्ला महिला समन्वय समिति माइती नेपाल, नारी सीप सिर्जना केन्द्रलगायतका संघसंस्थाले दम्पतीलाई पुनस्र्थापना गर्न सहयोग पुर्याएका थिए ।(इकान्तिपुर)
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै